dashain
Wednesday, 17 October 2018 03:40 pm, Nepal

उदयपुर सिमेन्ट उद्योगविरुद्ध मुद्दा

मेचीकाली : 2010-08-20 17:04:05


Udayapur cementराजविराज, ४ भदौ

 उदयपुर सिमेन्ट उद्योगले उपकरणवापतको रकम भुक्तानी नदिएको भन्दै एक कम्पनीले उद्योगविरुद्ध पुनरावेदन अदालत राजविराजमा मुद्दा दायर गरेको छ । उद्योगलाई एक वर्षअघि आपूर्ति गरेको उपकरणको सम्झौताअनुसारको एक रुपैयाँ पनि नपाएपछि राजविराजको अभिषेक सप्लायर्स एन्ड टे«डर्सले आर्विट्रेसन एक्टअन्तर्गत मुद्दा दिएको हो ।  उद्योगमा रहेको कर्मचारी युनियनले मागेको चार लाख रुपैयाँ कमिसन नदिएपछि आफूले पाउनुपर्ने रकम भुक्तानी नदिइरहेको सो ट्रेडर्सले जनाएको छ ।

 सम्झौताअनुसार उपकरण आपूर्ति गरिए पनि रकम भुक्तानी नदिएकाले सम्झौताबमोजिम आफूहरूले आर्विट्रेसन एक्टअन्तर्गत पुनरावेदन अदालत राजविराजमा मुद्दा दायर गरेको अभिषेक सप्लायर्स एन्ड टे«डर्सका शत्रुघ्न दासले बताए । विद्युतीय करेन्टलाई तलमाथि हुन नदिइ निरन्तररूपमा मेसिन सञ्चालन गर्न प्रयोग गरिने सर्वो भोल्टेज कन्ट्रोल स्टेपलाइजरवापत पाउनुपर्ने २६ लाख ३७ हजार रुपैयाँ नपाएपछि आफूहरूले घाटा ब्यहोर्नुपरिरहेको दासले बताए ।

गत वर्षको जेठ २३ गते सम्झौता गरी सोही वर्षको असार २३ मा स्टेपलाइजर उद्योगलाई बुझाएको थियो । उक्त स्टेपलाइजर साठी दिनभित्र आपूर्ति गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ । आपूर्ति गरिएको स्टेपलाइजरवापतको रकम पटकपटक भुक्तानीका लागि माग गर्दा पनि उद्योगका महाप्रबन्धक अनिलकुमार झा र त्यहाँका कर्मचारीले आलटाल गरिरहेको भनाइ दासको छ ।

चुनढुङ्गा ढुवानी गर्ने रोपवे सञ्चालन गर्नका लागि उक्त स्टेपलाइजर खरिद गरिएको उद्योगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु