dashain
Wednesday, 17 October 2018 03:46 pm, Nepal

प्रहरीकै अगाडि वकिललाई गोली हानियो

मेचीकाली : 2010-08-19 11:55:41


Pestolएकजनाले आत्मसमर्पण  गरे

चितवन, ३ भदौ

नेपालको शान्ति सुरक्षा कत्तिको नाजुक छ हेर्न अन्त जानु पर्दैन । चितवनमा आज भएको घटना हेरे शान्ति सुरक्षाको अवस्थाको बारेमा सहजै अनुमान लगाउन सकिन्छ । प्रहरी कार्यालय अगाडि नै एक कानुन व्यावसायीमाथि बिहानै गोली प्रहार भएको छ । जिल्लाप्रहरी कार्यलय चितवन अगाडी आज (विहीबार) बिहान १० बजे अधिबक्ता पदम दाहालमाथि गोली प्रहार गरिएको हो । अधिवत्ता दाहाल भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

 गोली प्रहार लगत्तै आक्रमणकारी मध्येका एक पर्सा जिल्ला बस्ने २९ बर्षीय दिलबहादुर लामाले हतियार सहित प्रहरी समक्ष आत्मसमर्पण  गरेका थिए । तीनवटा कालो पल्सर मोटरसाईकलमा आएका ६ जनाको समूहले उनीमाथी गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

जसमध्ये ना ९ प ६०६४ नम्बरको कालो पल्सर मोटरसाईकलमा आएका दुईजनाको समूहले दाहालमाथि गोली प्रहार गरेका थिए । घटनास्थलबाट गोलीको दुईवटा खोका बरामद भएको छ ।   मोटरसाईकलको पछाडी बस्नेले गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनामा संलग्न अन्य ५ जना भने फरार रहेको र उनीहरुको खाजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।  उनीहरुले दाहाल माथि किन गोली प्रहार गरे भन्ने बिषयमा प्रहरीले केही खुलाएको छैन ।  घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु