dashain
Wednesday, 17 October 2018 01:27 am, Nepal

घरेलु हिंसा विरुद्ध जुम्ली महिला संगठित

मेचीकाली : 2010-08-16 18:50:07


जुम्ला, ३१ साउन
घरेलु हिंसाका विरुद्ध जुम्लाका महिलाहरू सङ्गठित हुन थालेका छन् । महिला उत्थान केन्द्र, जुम्लाले जिल्लाका विभिन्न गाउँ विकास समितिमा महिला समूहहरू गठन गरी घरेलु हिंसाका विरुद्ध आवाज उठाउने उद्देश्यले सङ्गठित गर्ने गरेको हो । समूहमा आवद्ध भएपछि महिलाको आयआर्जन बढाउने प्रयास पनि थालिएको छ ।

यसैबीच, उक्त केन्द्रले सोमबार  जिल्लाको देपालगाउँ, हाँकु, लाम्रा, कार्तिकस्वामी र गज्र्याङ्गकोट गाविसमा महिला समूहहरू गठन गरी उनीहरूको नाममा खाता खोलिएको छ । महिलाको आयआर्जन वृद्धि गर्ने उद्देश्यका साथ राष्ट्रिय वाणिज्य बैंक जुम्ला र कृषि विकास बैंक जुम्लामा खाता खोलिएको संस्थाकी अध्यक्ष मीना शाहीले बताइन् ।  

यसैबीच महिला अधिकार मञ्च जुम्लाले सोमबार जिल्लामा “घरेलु हिंसा न्यूनीकरण गरौं, छोराछोरीबीचको भेदभाव हटाऔं” भन्ने नाराका साथ महिला हिंसा विरुद्घको ¥याली निकालिएको छ । ग्रामीण विकास समूह जुम्लाको सहयोगमा महिला अधिकार मञ्चले निकालेको उक्त ¥यालीपछि आयोजित कोणसभामा मञ्चकी सचिव लक्ष्मी परियारले महिलालाई पुरुषले बच्चा जन्माउने मेसिनको रुपमा मात्रै प्रयोग गरेको आरोप लगाउँदै अब महिलाहरू आफ्नो अधिकारको लागि जाग्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु