dashain
Monday, 15 October 2018 04:40 pm, Nepal

चुनाव बिथोल्न कार्यालयमा आगो

एजेन्सी : 2010-08-16 12:06:47


बाजुरा, ३१ साउन
बाजुरामा सदरमुकाम मार्तडीमा रहेको नेपाली काँग्रेस पार्टी कार्यालयमा आइतवार राति अज्ञात समूहले आगजनी गरेको छ । तीन दिनअघि कार्यालय तोडफोड भएको थियो । तोडफोडमा काँग्रेसकै तीन कार्यकर्ता संलग्न थिए । उनीहरुलाई प्रहरीले पक्राउ गरेपनि काँग्रेस नेताहरुकै आग्रहमा रिहा गरिएको तीन दिन पछि कार्यालयमा आगजनी गरिएको छ । सोमबारको चुनाव बिथोल्न आगो लगाउको हुनसक्ने आशंका गरिएको छ ।

आगजनीमा  संलग्नहरुको भने पहिचान हुन नसकेको प्रहरी र काँग्रेस नेताहरुले जनाएका छन् ।

पाँच दिनअघि सुरु भएको काँग्रेस बाजुराको जिल्ला अधिवेशनबाट सभापतिको छिनोफानो हुन सकेको छैन् । आइतवार भएको निर्वाचनमा समेत सभापतिका तीन जना प्रत्यासि मध्ये कसैलेपनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि  सोमवार विहान पुनः निर्वाचन हुदैछ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु