Tuesday, 21 August 2018 07:53 am, Nepal

अग्लो पुलमा म्युजिक भिडियो छायाङ्कन

मेचीकाली : 2010-08-16 12:03:27


Bridgeपर्वत–पर्वतमा रहेको मुलुककै अग्लो झोलुङ्गेपुललाई केन्द्रविन्दु बनाएर पहिलोपटक म्युजिक भिडियो छायाङ्कन भएको छ । एकसय ३५ मिटर उचाईमा निर्माण भएको कुश्माज्ञादी झोलुङ्गे पुलमा ‘अन्तिम धोका’ नामक गिती एल्बमको म्युजिक भिडियो छायाङ्कन गरिएको हो ।  कटुवाचौपारी गाविस लगायत आसपासका एकदर्जन भन्दा बढी गाविसलाई सदरमुकाम कुश्माबजारसँग सिधै जोड्ने गरी निर्माण भएको उक्त पुलमा पर्वतको बाच्छा २ का स्थानीय कलाकार भिम बि पौडेल र गायिका विष्णु माझीको स्वरमा सजिएको दुई म्युजिक भिडियो छायाङ्कन गरिएको छ ।

आइभिएम फिल्मस् काठमाण्डौको निर्देशनमा पौडेलका ‘सम्झी ल्याउ“दा यो मन रोको छ.......’ र ‘पाएमा विदा म घर आउँला........’ गरी दुई म्युजिक भिडियो छायाङ्कन गरिदै छ । भिडियोमा स्थानीय सिसेफ नेपाल नामक संस्थाद्वारा प्रशिक्षण दिई उत्पादन भएका स्थानीय कलाकारहरुको नृत्य समाबेश गरिएको छ । भिडियोजमा मनिसा क्षेत्री र तिलकुमारी पुनको मुख्य भूमिका रहेको छ । आफुपनि स्थानीय भएकाले स्थानीय कलाकारहरुलाई नै स्थान दिइएको पौडेलले बताए ।

    पर्यटन बर्षको शुरुवात सँगै मुलुककै पहिचान बोकेको अग्लो पुललाई म्युजिक भिडियो मार्फत चिनाएर बाह्य तथा आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले पुलमा भिडियो छायाङ्कनको व्यावस्थापन गरेको सिसेफ नेपालका अध्यक्ष टंक लामिछानेले बताए

    शसस्त्र प्रहरी बलमा कार्यरत रहेका प्रहरी जवान पौडेलले यस भन्दा अगाडि ‘धनी सँग जाउली जानलाई...’ नामक गितीएल्बम बजारमा ल्याइसकेका छन् । तर उनको यो म्युजिक भिडियो भने पहिलो हो । चार बर्ष अगाडिदेखि राष्ट्रसेवकको पदक भिरेका पौडेलले आफुलाई कलाकारिताको क्षेत्रमा प्रबेश गर्न साथीहरु, समाज र अग्रज कलाकारहरुको प्रेरणा मिलेको बताए ।

उक्त म्युजिक भिडियो मौसम अनुकुल मिलेमा करिव ३ दिन पुलमा छायाङ्गन हुने र दुई साता भित्रै बजारमा आउने आइभिएम फिल्मस्का निर्देशक जीवन रसाइलीले जानकारी दिए ।  

यो विषयका प्रतिक्रियाहरु

Ram Prasad Gautam:Aug 16, 2010 10:19:16 PM

ल बधाई छ, आफ्नै गाउमा येसरी रमाइला पक्ष्य देखेर कुसी लाग्यो, अल्बुम को सफलताका लागि सुभकामना

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु