dashain
Wednesday, 17 October 2018 12:40 am, Nepal

त्रिवेणी विकास बैंकको शाखा विस्तार

मेचीकाली : 2010-08-14 17:43:36


चितवन, २९ साउन
त्रिवेणी विकास बैंकले आफ्नो सातौं वार्षिकोत्सवको अवसर पारेर भरतपुर शाखाको शनिवार उद्घाटन गरेको छ  । शाखाको राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा बैंक सञ्चालक समितिका अध्यक्ष डा. भीमप्रसाद न्यौपानेले गरेका थिए । चितवनको नारायणगढमा केन्द्रिय कार्यालय रहेको बैंकले हालसम्म चितवनको रामपुर, पर्सा, गीतानगर, माडि, नवलपरासीको दलदले, बुटवलको रूपन्देही गरी ८ वटा शाखा सञ्चालनमा ल्याइसकेको छ । भरतपुर शाखा उद्घाटनसँगै बैंकले जीवन सहारा मुद्दति खाता समेत सञ्चालनमा ल्याएको छ ।

यस अन्तर्गत ग्राहकले एक लाखको मुद्दती खाता खोलेमा मासिक एक हजार ब्याज पाउनेछ । बैंकले आर्थिक वर्ष २०६६र०६७ सम्ममा एक अर्ब १४ करोड निक्षेप सङ्कलन गरी ९७ करोड २२ लाख कर्जा लगानी गरेको छ भने तीन करोड ३४ लाख मुनाफा आर्जन गर्न सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सागर घिमिरेले जानकारी दिएका छन् ।    

चुक्ता पूँजी  ११ करोड ५० लाख पु¥याएको सो बैंकले कृषि तथा यससँग सम्बन्धित उद्योगमा लगानी गर्दैआएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने कार्यकारी अधिकृत घिमिरेले जानकारी दिएका छन् ।

यो विषयका प्रतिक्रियाहरु

Ramesh:Oct 29, 2010 10:11:49 PM

त्रिवेणी बैंक ले यसरि नै सफलता को शिखर चुम्दै जाने छ.

suroj adhikari:Sep 14, 2010 02:43:49 PM

त्रिवेणीले येसरी नै प्रगति गर्दै जनेछा

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु