dashain
Monday, 15 October 2018 04:37 pm, Nepal

८१ लाख बजेट फिर्ता

मेचीकाली : 2010-08-13 17:56:46


जुम्ला, २८ साउन

सरकारले कर्णाली क्षेत्रको पर्यटन प्रवद्र्घन तथा विस्तारका लागि दिएको रु एक करोड ८५ लाखमध्ये रु ८१ लाख खर्च हुन नसकी फिर्ता भएको छ । कर्णाली क्षेत्र प्रवद्र्घन विकास समितिका निर्देशक दीपेन्द्र पौडेलले राष्ट्रिय योजना आयोगबाट वैशाखको २२ गतेमात्र बजेट निकासा भएकाले काम गर्ने समय कम भएका कारण रकम असार मसान्तमै फिर्ता गर्नुपरेको बताए ।

    कर्णालीको कुन जिल्लामा विकास समितिको कार्यालय राख्ने भन्ने विषयमा विकास समितिका सदस्यहरूबीच विवाद भएपछि हालसम्म कार्यालय कर्णालीमा स्थापना गर्न सकिएको छैन भने कार्यालयको काममा कठिनाइ भएको र रकम सही सदुपयोग गर्न नसकेको निर्देशक पौडेलले बताए ।

    पर्यटन वर्ष–२०११ नजिकिँदै जाँदा कर्णालीको पर्यटनको विकासका लागि राज्यले चासो नदिएको भन्दै कर्णालीवासीले चिन्ता र चासो व्यक्त गरेको छ । हाल कर्णाली क्षेत्र पर्यटकीय प्रवद्र्घन विकास समितिको कार्यालय नेपालगञ्ज स्थापना भई कामकाज हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु