Friday, 23 February 2018 10:21 am, Nepal

पर्वतमा १२ जीएसएम टावर

मेचीकाली : 2010-08-13 14:22:27


GSm towerपर्वत, २८ साउन

सुचना र प्रविधिको तिव्र विकास सगै सञ्चारक्षेत्रमा सम्पूर्ण जिल्लाबासीहरुलाई पहु“च पु¥याउने उद्देश्यले नेपाल टेलिकम जिल्ला शाखा पर्वतले जिल्लाका विभिन्न स्थानमा १२ ओटा जिएसएम टावर सञ्चालनमा ल्याएको छ ।  हातहातमा मोबाइल बोकेपनि टावरको समस्याले पिरोलिएका सर्वसाधारणहरु अहिले लाभान्वित भएका छन् । टेलिकमले जिल्लाका ५५ ओटै गाविसका सर्वसाधारणले सेवा पाउने गरी टावर सञ्चालनमा ल्याएपछि सर्वसाधारणले उचित सेवा पाएका हुन् ।

जिल्लाका मोवाईल सेवा प्राप्त गर्न नसकेका स्थानहरुलाई लक्षित गर्दै मुडिकुवा, खानीगाउ‘, लुङ्ग्खु देउराली, पाङ्ग, धाईरिङ्ग, शालिजा, शालिग्राम, कुश्माबजार लगायतका स्थानहरुमा मोवाइल टावर सञ्चालनमा आएका छन् । टेलिकमले निकट भविष्यमा नै पकुवा गाविसको सिल्मी लामाठामा टावर सञ्चालनमा ल्याउने तयारी गरिरहेको टेलिकम प्रमुख रामकृष्ण मल्लले जानकारी दिए ।

टावर संचालनमा आएपछि जिल्लाभरि नै मोवाईल टेलीफोन सेवा पुगेको उहाँको भनाई छ । सेवा विस्तार सगै मोवाईल सेवामा देखिएका समस्याहरु पनि हल हुदै गएको टेलिकमले दावी गरेको छ । ‘जिल्लाभरि नै मोवाईलको सुविधा पुगेको अनुमान गरेका छौ,’ पर्वत टेलिकम प्रमुख मल्लले भने ‘पातीचौर डिमुवा लगायत भौगोलिक अवस्थाले छुटपुट भएका ठाउ‘मा यसैवर्ष सर्वेको कार्यक्रम रहेको छ ।’

मोवाईलका टावर संचालनमा आएपछि जिल्लाका करिब १० हजार भन्दा बढि प्रिपेड तथा पोष्पेड मोवाईलकर्ताहरु लाभान्वित भएको बताईएको छ । जिल्लामा करिब ३० देखि ४० हजारको हाराहारीमा मोवाईलकर्ता रहेको नेपाल टेलिकम पर्वत शाखाको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु