dashain
Wednesday, 17 October 2018 12:51 am, Nepal

यार्सा व्यापारीको हत्या

मेचीकाली : 2010-08-12 18:35:36


जुम्ला, २७ साउन
डोल्पामा २ जना यार्सा व्यापारीको हत्या भएको छ। मुगु घर भई डोल्पा सदरमुकाम दुनै-१ मा व्यापार गरी बस्ने ३० वर्षीय सोनाम झ्याप्पा लामा र डोल्पाकै भिजेर गाविस-८ का धो गाविसमा व्यापार गरी बस्ने २९ वर्षीय सोनाम गुरुङको हत्या भएको हो। साउन १९ गतेदेखि पारिवारिक सम्पर्कमा नरहेका उनीहरुको शव २२ गते डोल्पाको साल्दाङ गाविस-८ उसुङमा स्थानीयले भेट्टाएका थिए। घटनास्थल सदरमुकामदेखि धेरै टाढा भएको र टेलिफोन सम्पर्क नभएका कारण घटना ढिलो गरी सार्वजनिक भएको हो।

प्रहरी टोली २४ गतेमात्रै घटनास्थल पुगेको थियो। तिब्बतमा यार्सागुम्वा बेचेर फर्किँदै गर्दा उनीहरुको हत्या भएको बताइएको छ। यार्सागुम्बा सङ्कलन गर्ने स्थान लेकमा एउटै पालमा बसिरहेका तिब्बती व्यापारीले पैसाका कारण हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। सँगै बस्ने अन्य व्यपारी भने फरार छन्। उनीहरुको खोजी कार्य भइरहेको डोल्पा प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका इन्स्पेक्टर निरञ्जन थापाले घटनाको अनुसन्धान भइरहेकाले अहिले नै सबै सूचना दिन असमर्थ रहेको बताए। डोल्पामा लामो समयदेखि प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख डिएसपी बिदामा छन्।

घटनास्थल सदरमुकामबाट करिब ३ दिनको पैदल दूरीमा पर्दछ। टाढा भएका कारण शवसमेत ल्याउन सकिएको छैन। शुक्रबार दिउँसो मात्र नेपालगञ्जबाट हेलिकप्टर लगेर शव सदरमुकाम ल्याईँदैछ। मोष्टमार्टम भइसकेपछि मात्र घटनाबारे यथार्थ खुल्ने इन्स्पेक्टर थापाले बताए। यसैबीच घटनामा संलग्न रहेको शङ्कमा सुर्खेत प्रहरीले एक जनालाई प्रक्राउ गरेको छ। सुर्खेत प्रहरी प्रमुख एसपी राजु मानन्धरले घटनाको डोल्पा प्रहरीले अनुसन्धान गरीरहेकाले सूचना दिन नसकिने बताए।
-तुफान न्यौपाने

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु