Sunday, 18 November 2018 06:14 pm, Nepal

तलेजुमा बिहानैदेखि भक्तजनको घुइँचो

मेचीकाली : 2018-10-18 09:31:18


काठमाडौँ, १ कात्तिक :

हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा आज बिहानैदेखि सर्वसाधारणको घुइँचो लागेको छ । तेह्रौँ शताब्दीमा निर्मित मल्लकालीन तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । आज बिहान ३ बजेदेखि नै मन्दिरमा घुइँचो लागेको काठमाडौँ तलेजु भवानी मन्दिरका मूल नाइके शशीविक्रमध्वज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज दिनभर खुला रहने मन्दिरमा करीब एक लाख भक्तजनले दर्शन गर्ने अपेक्षा छ । तलेजु मन्दिरमा अरु ३६४ दिनमा दैनिक नित्य पूजा हुने एक दिन सर्वसाधारणको पूजाका लागि खोलिन्छ । हनुमानढोका हेरचाह अड्डाका अनुसार नित्य पूजाका लागि भक्तपुर र ललितपुरमा कर्माचार्य, जोशी तथा राजोपाध्याय पुजारी छन् भने काठमाडौँमा कर्माचार्य र जोशी मात्र छन् ।

छानेशैलीको प्राचीन मन्दिर वर्षमा एक पटक मात्र खुल्ने हुँदा विशेष महत्वका साथ भक्तजनले दर्शन गर्छन् । नेपाली सेना, नेपाल प्रहरी, स्थानीय क्लब, रेडक्रस, स्काउट आदिले भक्तजनको लामदेखि अन्य व्यवस्थापनमा सहयोग गरिरहेका छन् । नेवार समुदायको इष्टदेवीका रुपमा लिइने तलेजु भवानीको दर्शनका लागि काठमाडौँ उपत्यका वरपरबाट थुप्रै दर्शनार्थी आउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु