Sunday, 18 November 2018 06:31 pm, Nepal

बडादशैंको सातौं दिन फूलपाती भित्र्याइँदै

मेचीकाली : 2018-10-16 08:49:23


काठमाडौ., ३० असोज : 

बडादशैंको सातौं दिन आज धार्मिक परम्परा अनुसार फूलपाती भित्र्याइँदैछ । उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, जयन्ती, धानका बाला, अशोकका पात, अदुवाको बोट र फलफूल आदि नयाँ पालुवालाई फूलपातीका रुपमा आजै शुभ साइतका प्रतीक मानी दुर्गा भवानीको प्रतिमा राखिएको दशैंघरबाट विधिपूर्वक भित्र्याउने काम गरिन्छ ।

भगवतीका अन्य मन्दिरहरुमा पनि आजै फूलपाती भित्र्याइन्छ । परम्परा अनुसार गोर्खा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती आजै हनुमानढोकास्थित दशैंघरमा भित्र्याइन्छ । सो फूलपातीलाई गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरका पुजारीसहित ६ जना मगर जातिका पुजारीले र त्यहाँदेखि जमलसम्म काठमाण्डौंबाट गएका पुजारीले बोकेर ल्याउँछन् ।

हनुमानढोकाबाट हर्षबढाईंका साथ गएको लावालस्करले जमलमा राखिएको सो फूलपाती हनुमानढोकास्थित दशैंघरमा ल्याइन्छ । फूलपाती लिन ब्याण्डबाजा, गुरुज्युको पल्टन, पन्चैबाजा, सिंगारिएका कल्स्यौली, आशागुर्जाटोली, सांस्कृतिक नाचगानटोली, निजामती कर्मचारी, सैनिक र प्रहरीहरु सम्मिलित हुन्छन् । नेपाली सेनाद्वारा टुँडिखेलमा आयोजित बढाइँ समारोह सम्पन्न भएपछि जमलमा रहेको फूलपाती भित्र्याइन्छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु