Sunday, 18 November 2018 06:18 pm, Nepal

अफगान राष्ट्रपतिसँग अमेरिकी विशेष दूतको भेटवार्ता

मेचीकाली : 2018-10-08 15:54:29


काबुल, २२ असोज :

अफगानिस्तानका लागि शान्ति तथा मेलमिलाप सम्बन्धी अमेरिकी विशेष दूत जाल्मे खलिलजादले अफगानिस्तानका राष्ट्रपति मोहम्मद अस्राफ घानीसँग भेट गर्नुभएको छ । अफगानिस्तानमा दिगो शान्ति स्थापनाको सम्भावना पहिल्याउन खलिलजाद काबुल आइपुग्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उहाँहरुबीच अफगान–नेतृत्व र अफगान–स्वामित्वमा शान्ति कायम गर्ने सम्भावनाका बारेमा छलफल भएको छ । साथै मुलुकमा समावेशी शान्ति स्थापना गर्ने बारेमा दुवै नेताबीच छलफल भएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकमा अफगानिस्तानका उच्च पदस्थ अधिकारीहरुको पनि सहभागिता थियो ।

अमेरिकी विशेषदूत पाकिस्तानको भ्रमण पूरा गरी काबुल आइपुग्नुभएको छ । उहाँ यसपछि युनाइटेड अरब इमिरेट्स, कतार र साउदी अरेबियाको भ्रमण गर्नुहुनेछ । उहाँले अफगानिस्तानमा सङ्घर्षरत मुख्यरुपमा तालिबान समूहसँग वार्ता गर्ने सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु