Tuesday, 23 October 2018 10:10 pm, Nepal

इन्द्रजात्रा आजदेखि सुरु

मेचीकाली : 2018-09-21 10:08:20


काठमाडौं, ५ असोज :

इन्द्रजात्रा आजदेखि सुरु हुँदैछ । इन्द्रजात्राको लिङ्गो आज बिहान ८ बजेपछि ठड्याएर इन्द्रध्वजोत्थान गरिँदैछ । आजका दिनदेखि काठमाडौँ उपत्यकामा इन्द्रजात्रा सुरु हुन्छ । विशेष गरी काठमाडौँमा एकसातासम्म यो जात्रा उत्सवका साथ मनाइन्छ । भक्तपुरको चित्तपोलबाट ल्याइएको लिङ्गो अहिले हनुमानढोका तलेजुको मूल प्रवेशद्वार बाहिर छ ।

आज काठमाडौँका मानन्धर समुदायले यसलाई ठड्याउने छन् । इन्द्रजात्रा पौराणिककालदेखि नै मनाउँदै आएको भएपनि यो जात्रामा काठमाडौँका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले त्यससँगै श्रीकुमारी रथयात्रा चलाएपछि काठमाडौँको तत्कालीन मध्य भित्री सहरमा यो रथयात्रा हुँदै आएको छ । लिङ्गो ठड्याएपछि हल्चोकको भैरव, मजिपाटको लाखे, किलागलको पुलुकिसी, महालक्ष्मी नाच भक्तपुरको महाकाली र रामचन्द्र नाच हनुमानढोका दरवारमा हाजिर हुनुपर्ने नियम छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु