dashain
Wednesday, 17 October 2018 03:39 pm, Nepal

टिकट बुकिङ अन्योलमा, दशैंमा कसरी घर जाने ?

मेचीकाली : 2018-09-21 07:49:25


काठमाडौं,  ५ असोज :

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैंका लागि अग्रिम टिकट बुकिङ नगर्ने निर्णय गरेको छ । सरकारले इन्धनमा भएको मूल्यवृद्धि फिर्ता नलिएको जनाउँदै अग्रिम टिकट बुकिङ नगर्ने घोषणा गरेको हो । इन्धनमा भएको मूल्यवृद्धि फिर्ता लिन ४८ घण्टाभित्र फिर्ता लिन आग्रह गरेको तर, सरकारबाट कुनै सुनुवाई नभएपछि टिकट नखोल्ने निर्णय भएको महासंघका महासचिव सरोज सिटौलाले बताए ।

सरकारले पटक÷पटक मूल्यवृद्धि गरेकाले सवारी साधन चलाउन सक्ने अवस्था नभएको उनले जानकारी दिए । अग्रिम टिकट बुकिङ नभएपनि सवारी साधन भने दैनिक सुचारु हुने महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउदै आयल निगमले हालै पेट्रोलमा दुई र मट्टितेल/डिजेलमा ३/३ रुपैँया मूल्य बढाएको थियो । यता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले भने टिकट बुकिङ हुने दाबी गरेका छन् । यसअघि व्यवसायीहरुसँग भएको छलफलमा आज असोज ५ गतेदेखि अग्रिम बुकिङ खुल्ला गर्ने निर्णय भएको थियो ।

अधिकारीले सहमतिको बीचमा मूल्यवृद्धि भएकाले बिरोध गर्नु स्वभाविक भएपनि बुकिङ रोक्न नमिल्ने बताए । उनले वार्तामार्फत समस्या समाधानको पहल भइरहेको बताएका छन् । यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण प्रसाद उपाध्यायले पनि दसैंको प्रि बुकिङ आजबाटै खुल्ने दाबी गरेपनि व्यवसायीले अटेर गरेका छन् । सहमति अगााडि नै भएकाले मूल्यवृद्धि र विरोधको विषयमा विभागलाई केही जानकारी नरहेको उपाध्यायको भनाई छ । आयल निगमका कार्यकारी निर्देशक सुशिल भट्टराईले भने अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्य अस्वभाविक बढेकाले बाध्य भएर मूल्य बढाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु