Tuesday, 23 October 2018 10:12 pm, Nepal

बाह्रविसेमा बाढीको सूचना दिने ‘साइरन’ जडान

मेचीकाली : 2018-09-16 17:02:25


चौतारा, ३१ भदौ :

सिन्धुपाल्चोकको बाह्रबिसे बजारस्थित भोटेकोशी नदीको पुलमा बाढीको पूर्व सूचना दिने यन्त्र जडान गरिएको छ । ‘हरिमाया फाउण्डेशन’ नामक संस्थाले जडान गरेकोको उक्त यन्त्रले तीन किलोमिटर टाढासम्म साइरनद्वारा बाढीको पूर्व सूचना दिने काम गर्ने संस्थाका कार्यकारी सदस्य नवीन श्रेष्ठले जानकारी दिनुभयो ।

हालै मात्र उक्त यन्त्र जडान गरिएको र स्थानीयवासीको माग भई आएमा अन्य स्थानमा पनि जडान गरी मानवीय क्षति हुनबाट स्थानीयवासीलाई सचेत गराउने उद्देश्य रहेको क्षेष्ठको भनाइ छ । विसं २०७३ साल असार २१ गते चिनियाँ क्षेत्रमा आएको बाढीले सीमा नदीको रुपमा बग्ने भोटेकोशीले ठूलो भौतिक क्षति पु¥याएको थियो ।

डेढ वर्षदेखि सामाजिक सेवा गर्दैआएको संस्थाले क्यान्सर तथा मिर्गौला जस्ता गम्भीरखाले बिरामीलाई रु २५ हजारसम्म आर्थिक सहयोग प्रदान गर्दैआएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु