Sunday, 18 November 2018 06:23 pm, Nepal

काभ्रेमा पौडीखेल्ने क्रममा भोटेकोशीले बगाएर दुईजना वेपत्ता

मेचीकाली : 2018-09-10 19:02:30


काभ्रे, २५ भदौ :

मलामी गएको बेला पौडी खेल्ने क्रममा भोटेकोशी नदिमा दुइ्र्रजना वेपत्ता भएका छन् । आज बिहान ११ बजे चौरीदेउराली गाउँपालिका ८ का १४ बर्षका प्रदिप पहरी र १८ बर्षका आशिष पहरी पौडी खेल्ने क्रममा वेपत्ता भएका हुन् ।

उनीहरु चौरीदेउरालीको त्रिवेणीबाट महादेवस्थानमा मलामी गएका थिए । सोही क्रममा पौडी खेल्न नदिमा पसेको र उनीहरु वेपत्ता भएको प्रहरीले जनाएको छ । स्थानीय रत्न तामाङले साँझ सवा ५ बजे घटनाबारे जानकारी दिएपछि प्रहरी निरिक्षकको नेतृत्वमा पाँच जनाको टोली उनीहरुको खोजीका लागि परिचालन भएको छ । उनीहरुको अवस्था साँझ अबेरसम्म पत्ता लाग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु