dashain
Wednesday, 17 October 2018 03:39 pm, Nepal

पहिरोमा परी ७ जनाको मृत्यु

मेचीकाली : 2010-08-10 11:08:29


बाजुरा, २५ साउन

 बाजुराको बाह्रविस गाबिस-५ जुवापानीको दलित बस्तीमा सोमबार २ बजे राती गएको पहिरोमा परी एकै परिवारका चार जना सहित सात जनाको मृत्यु भएको छन्। बेपत्ता भएकाहरुमा महामति चँदारा सहित उनका तीन छोरा रोशन, राजु र शंकर तथा लक्ष्मी चँदारा, सरस्वती चँदारा र भागी चँदाराको पहिरोमा परि मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोबाट चार घरहरु पुरीका छन् , समदुरमुकादेखि एक दिनको पैदल दुरीमा पर्दछ घटना स्थल सदरमुकाम देखि एक दिनको पैदल दुरीमा पर्दछ ।

राती करिब २ बजे देखि गएको पहिरो अझै जारी रहेका कारण उद्धारमा समस्या भईरहेका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेयले बताए। उद्धारका लागि प्रहरी, ससस्त्र प्रहरी र नेपालीलाई घटाईएको उनले बताए। पहिरोमा पुरीएका एक जनाको सकुशल उद्धार गरीएको छ।

सो क्षेत्रमा अझै १२ र १४ घर पहिरो जोखिम रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ। घटनाको स्थलको बिस्तृत बिवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु