Tuesday, 23 October 2018 10:32 pm, Nepal

तीजको दरले बिरामी हुने ३ सय ८९ पुगे

मेचीकाली : 2018-09-08 16:58:18


-प्रदेश सांसद भुर्तेलसमेत बिरामी
काभ्रे, २३ भदौ :

काभ्रेको पाँचखाल नगरपालिका १२ कास्कोटे बालुवामा तीजको दर खाँदा झण्डै ४ सय मानिस बिरामी परेका छन् । शुक्रबार ग्रामिण स्वावलम्बन बहुउद्देश्यिय सहकारीले आयोजना गरेको तीज कार्यक्रममा दर खाएका मध्ये अधिकांश व्यक्ति विरामी परेका हुन् । काभ्रेका प्रमुख जिल्ला अधिकारी कृष्णवहादुर राउतका अनुसार अहिलेसम्म  ३ सय ८९ जना बिरामी परेका छन् ।

तीजको दर कार्यक्रम आयोजना गरि महिलाहरुलाई खुवाईएको खानामा केहि मिसावट भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । बिरामी हुनेमा प्रदेशसभा सांसद गोमा भुर्तेलको परिवारसमेत रहेको छ । भुर्तेल कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुगेकी थिइन् । विरामीहरुलाई स्थानीय तथा प्रहरीको सहयोगमा बनेपा र धुलिखेलमा उपचारका लागि ल्याइएको छ । शुक्रबार दिउसो २ बजे आयोजना गरिएको कार्यक्रममा २ सय जनालाई दर खुवाईएको थियो । दर खुवाईएका मध्ये अधिकांश महिला र बालबालिकालाई फुड पोईजन भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी दिपक गिरीका अनुसार आज विहान ७ बजे मात्रै घटनाका बारेमा प्रहरीलाई खवर गरिएको थियो । प्रहरीले खवर प्राप्त गर्ना साथ उद्धारमा खटिएको गिरीले बताए । विरामी मध्ये तीनजना गम्भिर छन् ।

उनिहरुको बनेपाको शिर मेमोरियल अस्पतालमा आईसियुमा राखेर उपचार भईरहेको छ । संस्थाका अध्यक्ष भैरव सेढाईले फुड पोईजनको कारण खोजिरहेको बताए । प्रमुख जिल्ला अधिकारी लगायत जिल्लाको विपत ब्यवस्थापन टोलीले विहानै देखि उक्त क्षेत्रमा स्वास्थ्यकर्मीैको टोली पठाई विरामीको उपचार गराईरहेको थियो । यसैबीच, बिरामी भएकाहरुको पैसा नलिई उपचार गर्न नमान्ने बनेपा नालादोबाटोमा रहेको बनेपा हस्पिटलमाथि कार्बाही सुरु भएको छ । पाँचखालबाट ल्याइएका केही बिरामीलाई उपचारका लागि उक्त अस्पताल लगिएकोमा पैला पैसा तिर्नुपर्ने भन्दै अस्पतालले उपचार गर्न अटेर गरेको थियो । त्यसपछि अनुगमनका लागि पुगेको प्रमुख जिल्ला अधिकारीसहितको टोलीले अस्पतालमाथि कार्बाही प्रक्रिया सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु