Wednesday, 26 September 2018 02:49 pm, Nepal

तल्लो तहका एकीकरणका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यदलहरु सक्रिय

मेचीकाली : 2018-08-12 07:53:03


काठमाडौं, २७ साउन :

नेपाल कम्युनिष्ट पार्टी नेकपाका तल्लो तहका एकीकरणका लागि कार्यदलहरु सक्रिय बनेका छन् । कार्यदलले पार्टी विधानअनुसार सम्वन्धित कमिटिमा पूर्वघटकहरुको अनुपात निर्धारण, त्यसमा रहने नेताहरुको नाम टुंगो र नेतृत्वबारे छलफल गरिरहेको सदस्य काशीनाथ अधिकारीले बताए । भदौं ५ भित्रै प्रदेश कमिटिहरुको एकीकरण सकेर दो श्रो साताभित्र पहिलो वैठक राखिसक्न केन्द्रीय नेतृत्वले निर्देशन दिएको छ ।

त्यसैले कार्यदल समायोजन प्रक्रिया छिटो टुंग्याउन दिनहुँ छलफलमा जुटिरहेको छ । कार्यदललाई सकभर सहमतिमा संख्या वाँडफाँड, नेतृत्वलगायत विषय टुंगो लगाई सुझाव सहितको प्रतिवेदन सिफारिस गर्न नेतृत्वले निर्देशन दिएको छ । आकांक्षी बढी देखिएकाले नेतृत्वबारे केन्द्रीय नेतृत्वको निर्णयलाई प्रदेश र जिल्लाले स्वीकार्ने भएका छन् । अधिकारीका अनुसार, प्रदेश ३ को कार्यादललाई अहिलेसम्म रसुवा, सिन्धुली पेशागत विशेष जिल्ला समितिले संख्याको वाडफाड लगाई नाम टुंगाएर प्रतिवेदन वुझाएका छन् । छलफलका क्रममा प्रदेश १ मा २०७ सदस्यीयमध्ये पूर्वघटक एमालेबाट १२२ र माओवादीबाट ८५ जना रहने भएका छन् ।

प्रदेश २ मा वरावरीका आधारमा प्रदेश कमिटिको समायोजन गर्ने समझदारीमा दुवै घटक पुगेका छन् । प्रदेश ३ मा वन्ने २१७ सदस्यीय कमिटिमा पूर्वघटकहरुको संख्या कति हुने भन्ने अन्तिम टुंगो भने अहिलेसम्म लागेको छैन । तर छलफलका क्रममा ६०–४० र ५५–४५ प्रतिशतका आधारमा वाडफाड गर्नुपर्ने वहस उठेको छ । स्रोतका अनुसार, ३ नम्वर प्रदेशमा पूर्व एमालेलाई १२२ र माओवादीलाई ९५ सदस्य वाडफाड गर्ने गरि छलफल चलेको छ । कार्यदललाई प्रतिवेदन वुझाईनसकेपनि रामेछाप जिल्लाले भने गाउ तहसम्मकै एकताको सैद्दान्तिक आधारको टुंगो लगाएको छ ।

-अन्नपुर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु