Wednesday, 26 September 2018 03:01 pm, Nepal

नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्य सम्बन्धी सम्झौता

मेचीकाली : 2018-08-10 14:38:04


नेपालबाट बंगलादेशले विद्युत खरिद गर्ने
काठमाडौं, २५ साउन :

नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्य सम्वन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयमा आज एक कार्यक्रमका बीच नेपालका तर्फबाट ऊर्जा मन्त्री वर्षमान पुन र बङलादेशका ऊर्जा राज्यमन्त्री नरशुल हमिदले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

समझदारीपत्रमा नेपालबाट बंगलादेशले विद्युत खरिद गर्ने, नेपाली जलविद्युत क्षेत्रमा बंगलादेशको लगानी सहजीकरण गर्ने, दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि सचिव र सहसचिवस्तरीय संयन्त्र बनाउने, प्रसारणलाइन, जलविद्युत आयोजनाहरुको विकास गर्ने लगायत विषय उल्लेख छन् । यस्तै विद्युत आयोजनाहरुको सफल कार्यान्वयन गर्न सार्वजनिक तथा निजी क्षेत्रका निकायहरुलाई आवश्यक सहयोग तथा समन्वय गर्ने र राष्ट्रिय तथा क्षेत्रीय ग्रीड कनेक्टीभिटी स्थापनाको लागि दुवै पक्षले आवश्यक कदन चाल्ने पनि उल्लेख छ । समझदारीमा हस्ताक्षरपछि बंगलादेशी ऊर्जा राज्यमन्त्री हमिदले दुवै देशमा स्थायी सरकार रहेकाले ऊर्जा सहकार्यले मूर्तरुप लिने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री हमिदले भारत हुदै आफ्नो देशमा ऊर्जा भित्र्याउने विषयलाई आगामी विमस्टेक बैठकमा पनि उठाउने बताउनुभयो । ऊर्जा मन्त्री वर्षमान पुनले दुई देशबीच गठन हुने सचिव र सहसचिवस्तरीय संयन्त्रको पहिलो बैठक नेपालमा हुने जानकारी दिनुभयो । यसबारे औपचारिक प्रस्ताव कुटनीतिक संयन्त्रमार्फत पठाइने मन्त्री पुनले बताउनुभयो । नेपाल, भारत र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि पनि छलफल अघि बढाइने मन्त्री पुनको भनाई थियो । नेपालसँग ऊर्जा समझदारीमा हस्ताक्षर गर्ने बंगलादेश तेस्रो मुलुक हो । यसअघि भारत र चीनसँग नेपालले ऊर्जा सहकार्य सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु