dashain
Monday, 15 October 2018 11:15 pm, Nepal

८३ प्रतिशत सकियो काभ्रे एकीकृत खानेपानीको काम

मेचीकाली : 2018-06-17 12:50:24


तीन नगरमा २४ सै घण्टा खानेपानी आउने
काभ्रे, ३ असार :

काभ्रेको बनेपा, पनौती र धुलिखेल नगरपालिकाका बासिन्दालाई २४ सै घण्टा स्वच्छ खानेपानी उद्देश्यले सुरु गरिएको काभ्रे उपत्यका एकिकृत खानेपानी आयोजनाको ८३ प्रतिशत काम सकिएको छ । तीन नगरपालिकाका करिब ९३ हजार जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले सन् २०१० अक्टोवर २६ मा नेपाल सरकार र एशियाली विकास बैड्ढबीच ऋण सम्झौता भएको थियो ।

आयोजना निर्देशन समितिका संयोजक एवं धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक ब्याञ्जुले खानेपानी आयोजनाको भौतिक प्रगति ८६ प्रतिशत भएको बताए । उनले करिब ५ किलोमिटर मेन पाईप लाईन र बनेपा, पनौती र धुलिखेलमा गरि करिब २० किलोमिटर पाईप ओछ्याउन बाँकी रहेको बताए । आयोजनाका ब्यवस्थापक नारायणसुन्दर श्रेष्ठले आयोजनाको इन्टेक, ट्याङकी, ट्रिटमेन्ट प्लान्टको काम सकिएको बताए । उनले ३ सय ५६ दशमलव ६ किलोमिटर पाईप लाईनमा हालसम्म ६९ दशमलव ३४ प्रतिशत अर्थात् २ सय ४७ दशमलव ५२ किलोमिटर बिछ्याउने काम सकिएको छ ।

बिछ्याइएको पाईपलाइनमध्ये १ सय ३९ किलोमिटर पाइपलाईनमा प्रेसर टेष्ट गरिसकिएको आयोजना ब्यवस्थापक श्रेष्ठले बताए । खानेपानी ल्याइने गुडगडे मुहानतर्फको ७३९ मिटर, खारखोला मुहानतर्फको ७६० मिटर, कलाँती भूमिडाँडामा ३१० मिटर र खोपासी ड्यामदेखि पनौती बसपार्क, नमोबुद्ध मार्गतर्फको ३४८३ मिटर पाईप लाईनको काम जुलाई १०÷११ बाट सुरु गर्न सकेको खण्डमा डिसेम्बर २०१८ सम्म सम्पूर्ण कामहरु सकिने श्रेष्ठले बताए । उनले खानेपानीका लागि बनाईका सम्पूर्ण संरचना टेष्ट गर्नका लागि करिब ३ महिना समय लाग्ने बताए । श्रेष्ठले हालसम्म आयोजनाको आर्थिक प्रगति ६२ प्रतिशत भएको बताए ।

बनेपा, धुलिखेल र पनौती नगरपालिकाका लागि सन् २०२४ सालसम्मको लागि तीन नगरपालिकाका करिव ९३ हजार जनताहरुको लागि नेपाल स्टायण्डर्ड अनुसारको २४ सै घण्टा पर्याप्त मात्रामा गुणस्तरीय शुद्ध खानेपानी आपूर्ति गर्ने आयोजना निर्देशन समितिका संयोजक अशोक ब्याञ्जुले जानकारी दिए । पाँच वटा मुहानबाट प्रति सेकेण्ड ७७.७३ लिटर पानी प्राप्त हुनेछ । जेठ ३१ गते बसेको आयोजनाको बोर्ड बैठकले आयोजनाको काममा बाधा पुगेको स्थानहरुमा तुरुन्त काम सुचारु गर्ने निर्णय समेत गरेको छ । आयोजनाको कूल लागत १ अर्ब ९ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु