dashain
Monday, 15 October 2018 11:21 pm, Nepal

विश्वकप फुटबलः उरुग्वे र इरान बिजयी, स्पेन र पोर्चुगलको बराबरी

मेचीकाली : 2018-06-16 10:14:31


रुसमा जारी फिफा विश्वकप फुटबलमा उरुग्वेले विजयी सुरुवात गरेको छ । हिजो भएको पहिलो खेलमा इजिप्टलाई १–० ले हराउँदै उरुग्वेले विजयी सुरुवात गरेको हो । एकाटेरीनवग स्थित सेन्ट्रल रंगशालामा उरुग्वेका लागि जोसे मारिया गिमेन्जले निर्णायक गोल गरेका थिए । गिमेन्जले खेलको ८९ औं मिनेटमा हेड मार्फत गोल गर्दै उरुग्वेलाई महत्वपूर्ण जित दिलाए ।

इजिप्टविरुद्धको जितसँगै समूह ए को उरुग्वेले ३ अंक जोडेको छ । यस्तै हिजोको खेलमा मोरक्कोको आत्मघाती गोलले इरान विजयी भएको छ । इन्जुरी समयमा मोरक्कोबाट आत्मघाती गोल भएको हो । अधिकांश समय बल नियन्त्रणमा लिएको मोरक्कोका अजिज बोहादुजले ९४ औं मिनेटमा आत्मघाती गोल गरेपछि एसियाली मुलुक इरानले पहिलो जित हात पारेको हो । मोरक्कोलाई हराएको इरान समूह बिमा ३ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।

त्यसै हिजो रातीको तेस्रो खेलमा, क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको सहयोगमा पोर्चुगलले स्पेनसंग ३–३ गोलको बराबरी खेलेको छ । रुसको फिस्ट ओलम्पिक स्टेडियममा पराजय तर्फ अग्रसर पोर्चुगललाई रोनाल्डोले उत्कृष्ट फ्रिकिक गोल गर्दै जोगाएका थिए। बराबरीपछि दुवै टोलीले समुह ‘बी’मा समान एक अंक बाँडेका छन् । स्पेनका लागि डिएगो कोस्टाले २ तथा नाचोले १ गोल गरे । विश्वकपमा आज, अर्जेन्टिना र आईसल्याण्ड, फ्रान्स र अस्ट्रेलिया, पेरु र डेनमार्क तथा नाईजेरिया र क्रोएसिया प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु