Wednesday, 26 September 2018 03:13 pm, Nepal

रौतहटमा हिले वर्षा : किसान चिन्तित

मेचीकाली : 2018-06-16 10:13:38


रौतहट, २ असार :

रौतहटमा हिले वर्षात् भएपछि किसानहरु चिन्तित भएका छन् । वर्षात्का क्रममा वायु प्रदुषणका कारण हिलो मिसिएको पानी परेपछि बालीनाली बिग्रने चिन्ता किसानहरुमा देखिएको छ । तराई क्षेत्रमा बढेको अत्याधिक गर्मी र वायुमण्डलमा भएको धुलोका कारण सिमसिमे पानीसँंगै यस्तो देखिनु सामान्य रहेको मौसमविद्हरुको भनाई छ ।

दुई तीन पटक लगातार पानी परेपछि यस्तो समस्या नआउने मौसम विज्ञहरुले बताएका छन् । हिले वर्षातले बालीनालीमा कुनै समस्या नपाने भएकाले चिन्ता गर्नु नपर्ने कृषिविज्ञ राज नारायण यादवले बताउनुभयो । तर सिमसिम पानीसँगै परेको हिलोले बोट विरुवाको पातमा रहेको छिद्र ढाक्ने र विरुवालाई खाना बनाउन समस्या हुन सक्ने विज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु