dashain
Monday, 15 October 2018 11:13 pm, Nepal

सेवाग्राही सँग घुस लिएको आरोपमा सहायक वन अधिकृत पक्राउ

मेचीकाली : 2018-06-16 10:13:01


कपिलवस्तु, २ असार :

इलाका वन कार्यालय जवाबैराठ, कपिलवस्तुका सहायक वन अधिकृत ब्रम्हदेव महतोलाई हिजो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरको छ । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा डेरामा बस्दै आएका महतोलाई अख्तियार टोलीले उनकै डेराबाट तीन लाख रुपैयाँसहित पक्राउ गरेको हो ।

सेवाग्राहीबाट घुस रकम लिएको सूचनाका आधारमा महतोको डेरामा अख्तियारले छापा मार्दा रकमसहित महतोलाई फेला पारेको अख्तियार कार्यालय बुटवलले जनाएको छ । गोलिया निकासी र काठ कटानी अनुमतिका लागि उनले सेवाग्राहीबाट सो रकम घुस लिएको र थप अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु