dashain
Monday, 15 October 2018 11:12 pm, Nepal

नयाँ शक्ति पार्टी नेपालका संस्थापक नेता दाहाल पार्टीबाट अलग

मेचीकाली : 2018-06-16 10:12:38


काठमाडौं, २ असार  :

नयाँ शक्ति पार्टी नेपालका संस्थापक नेता केशव दाहाल पार्टीबाट अलग हुनुभएको छ । उहाँले सामाजिक संजाल फेसबुक मार्फत पार्टीबाट अलग भएको जानकारी गराउनुभएको हो । पार्टीबाट दिएको राजीनामा केन्द्रीय समितिले स्वीकृत गरेको छ ।

दाहालले ०६४ सालमा ‘वैकल्पिक विचार मञ्च’ गठन गर्नुभएको थियो । बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गर्दै नयाँ शक्ति पार्टी गठन गरेपछि दाहाल त्यसमै आवद्ध हुनुभएको थियो । नयाँ शक्ति पार्टीको केन्द्रीय सचिवालय सदस्य रहनु भएका उहाँ पछिल्लो समय पार्टीको निर्णय र नेतृत्वप्रति असन्तुष्ट हुनुहुन्थ्यो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु