dashain
Monday, 15 October 2018 11:11 pm, Nepal

फूटबलको महाकुम्भ अर्थात विश्वकप आजदेखि सुरु हुँदै

मेचीकाली : 2018-06-14 07:47:06


पहिलो खेलमा रुस र साउदी अरेबिया भिड्ने
काठमाडौं, ३१ जेठ :

विश्वकप फुटबल प्रतियोगिताको २१औं संस्करण आजबाट रुसमा सुरु हुँदैछ । नेपाली समयअनुसार आज वेलुकी सवा ८ बजे रुसी राजधानी मस्कोस्थित लुजिन्स्की रंगशालामा भव्य उदटन समारोह आयोजना हुनेछ । उक्त समारोहलाई रुसी राष्ट्रपचि भ्लादिमिर पुटिन, अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका अध्यक्ष जियानी ईन्फान्टीनो लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

 आधा घण्टासम्म चल्ने उद्घाटन समारोहमा विश्व फुटबलका हस्तीहरू डिएगो म्यारोडाना, जिको लगायतको उपस्थिति रहनेछ । उद्घाटन समारोहमा बेलायती गायक रोबी विलियम्स, रुसी गायिका सोप्रानोलगायतले प्रस्तुती दिँदा ५ सयभन्दा बढी डान्सर र जिमन्यास्टहरूले आफ्नो कला देखाउनेछन् । रुसमा विश्वकप सुरु हुनै लाग्दा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । विश्वभर हुल्याहा समर्थकको छबी बनाएका रुसी समर्थकहरुलाई नियन्त्रण गर्नु रुसी आयोजकको मुख्य चुनौती हुनेछ । उद्घाटन समारोहमा ३२ वटै टिमका खेलाडी उपस्थित हुने बताइएको छ । जहाँ ब्राजिलबाट दुईपटक विश्वकपको ट्रफी उचालेका रोनाल्डो पनि देखिनेछन् ।

उद्घाटन समारोहमा लुजिन्स्की रंगशालामा ८० हजार दर्शक उपस्थित हुने आयोजको दाबी छ । रंगाशालाको दर्शक क्षमता ८१ हजारको रहेको छ । यही रंगशालामा जुलाई १५ तारिखमा विश्वपको फाइनल खेल हुनेछ । जुन २०१५ को प्रारम्भिक ‘ड्र’ बाट सुरु भएको रुसी विश्वकपको यात्रा १५ जुलाईमा सकिनेछ । विश्वकपका विभिन्न ६४ खेल रुसमा ११ सहरका १२ रंगशालामा हुनेछ । आजै उद्घाटन खेलमा आज आयोजक रुसले साउदी अरेबियासँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार आज वेलुकी पौने ९ वजे मस्कोस्थित लजिन्स्की रंगशालामा हुनेछ ।  रुसले पछिल्ला ७ खेलमा जित निकाल्न सकेको छैन । उसले अन्तिम पटक गत अक्टोबरमा दक्षिण कोरियालाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु