dashain
Monday, 15 October 2018 11:14 pm, Nepal

सरकारको नीति तथा कार्यक्रममा संशोधन दर्ता

मेचीकाली : 2018-05-23 08:43:50


राष्ट्रपतिले संसदको अपमान गरेको आरोप
काठमाडौं, ९ जेठ :

सरकारले ल्याएको नीति तथा कार्यक्रममा तीन पार्टीले ६ वटा संशोधन दर्ता गरेका छन् । प्रमुख प्रतिपक्ष कांग्रेसका १७ जना सांसदले मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्या भण्डारीले सम्वोधनमा प्रतिनिधी सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई सम्बोधन गर्दा अपमानजनक पदावली प्रयोग गरेको भन्दै प्रतिनिधी सभामा संशोधन दर्ता गराएका हुन् ।

समाजवादी फोरम र राजपाका सांसदहरुले संविधान संशोधन गराउनु पर्नेमा जोड दिएका छन् । संघीय समाजवादी फोरमका प्रदीप यादवले राष्ट्रिय सहमतिको आधारमा संविधान संशोधन गरिने भन्ने थप गर्नुपर्ने, जन्मसिद्ध नागरिकता लिएका सन्तानलाई नागरिकताको हकबाट बञ्चित गराइने छैन, जनसंख्यामा र मानव विकास सुचकाङ्कको आधारमा प्रदेशलाई अनुदानको रुपमा उपलब्ध गराइने छ भन्ने बुँदा थप गर्न भन्दै संशोधन दर्ता गराउनुभएको छ ।

राष्ट्रिय सभामा दुई वटा संशोधन परेको छ । त्यसमा राजपाका बृषेशचन्द्र लालले बाढी नियान्त्रणको परिणाममुखी रणनीति तयार गरी बाढी पीडितहरुको पुर्नबासको लागि बाढी पुनर्निर्माण तथा पुर्नस्थापना आयोजनाको प्रभावकारी कार्यान्वयनको व्यवस्था मिलाइने बुँदा थप गर्नुपर्ने संशोधन हाल्नुभएको छ । यस्तै, राष्ट्रिय जनता पार्टीले सरकारको नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव दर्ता गराएको छ । मंगलबार बसेको अध्यक्ष मण्डलको बैठक लगत्तै राजपाले संसद सचिवालय पुगी नीति तथा कार्यक्रममा संशोधन दर्ता गराएको हो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु