Wednesday, 20 June 2018 01:46 am, Nepal

जिम्बाबेका राष्ट्रपतिद्धारा निर्वाचन घोषणाको तयारी

एजेन्सी : 2018-05-20 13:47:27


जिम्बाबे, ६ जेठ :

जिम्मबाबेका राष्ट्रपति इमर्सन मनाङग्वाले यही मे महिनाको अन्त्यतिर आम निर्वाचन घोषणा गर्नुहुने भएको छ ।जिम्बाबेको संविधानअनुसार जुलाई २१ देखि अगस्ट २१ भित्रमा निर्वाचन गर्नुपर्ने प्रावधान रहेको छ । सोही मितिमा निर्वाचन गर्नेगरी उहाँले यही मे महिनाको अन्त्यतिर निर्वाचनको घोषणा गर्नुहुने भएको छ ।

जिम्बाबेको संसदले गत हप्ता निर्वाचन सम्वन्धी विधेयक संशोधन सहित पारित गरेको समाचारमा जनाइएको छ । उक्त विधेयक अहिले कानुनका लागि राष्ट्रपतिसमक्ष पुगेको छ ।विधेयकमा पहिलो पटक विद्युतीय उपकरणमार्फत नामावली दर्तागर्ने व्यवस्था उल्लेख गरिएको अधिकारीहरुले जनाएका छन् ।

राष्ट्रपति मनाङग्वाले गत नोभेम्बरमा पूर्व राष्ट्रपति रोबर्ट मुगावेको बहिर्गमनपछि राष्ट्रपतिको जिम्मेबारी सम्हाल्नु भएको हो । मुटारेमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले आगामी निर्वाचनमा आफ्नो पार्टी अझ बलियो हुने दावी पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु