Wednesday, 20 June 2018 02:02 am, Nepal

हावाहुरीका कारण विद्युत् प्राधिकरणको प्रसारण प्रणालीमा क्षति

मेचीकाली : 2018-05-15 10:07:14


काठमाडौं, १ जेठ :

  हावाहुरीका कारण तराई–मधेश क्षेत्रमा रहेका नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीमा क्षति भएको प्राधिकरणले जनाएको छ । अवरुद्ध भएको विद्युत् प्रसारणलाई सञ्चालनमा ल्याउन अझै दुई दिन लाग्ने भएको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार तराई क्षेत्रका ३३ केभी प्रसारण लाइनमा हावाहुरीका कारण सबैभन्दा बढी क्षति पुगेको छ ।

महेन्द्रनगरबाट सुरु भएको हावाहुरीले सयौँ घर तथा आवासको छाना उडाउनुका साथै प्राधिकरणको वितरण प्रणालीमा समेत ठूलो क्षति पुगेको छ । हावाहुरीका कारण ढलेको खम्बा तथा तार तान्ने काम सम्पन्न गर्न कम्तीमा पनि दुई दिन लाग्ने प्रवक्ता अधिकारीले बताउनुभयो । विराटनगर क्षेत्रको ६० प्रतिशत प्रसारण प्रणालीलाई पुनःसञ्चालनमा ल्याइएको छ ।

कालीगण्डकी–बुटवल खण्डको १३२ केभी प्रसारण लाइनको एउटा सर्किटमा समेत समस्या आएको छ । प्राकृतिक विपत्तिका कारण परेको समस्या समाधान गर्न प्राधिकरण लागि परेकाले धैर्य गर्न प्राधिकरणले आग्रह गरेको छ । महेन्द्रनगर, कोहलपुर, नेपालगञ्ज, बारा, पर्सा, रौतहट, सप्तरी, सिराहा, जनकपुर, दुहवी र अनारमनिसम्म पनि विद्युत प्रसारणमा समस्या देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु