Tuesday, 21 August 2018 07:53 am, Nepal

परराष्ट्र मन्त्रीले आज उच्चस्तरीय भेटवार्ता गर्ने

मेचीकाली : 2018-04-18 10:40:01


काठमाडौं, ५ वैशाख :

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनमा आज भेटवार्ता गर्दै हुनुहुन्छ । हिजो चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्नुभएका मन्त्री ज्ञवालीको उच्चस्तरीय भेटवार्ता आज हुने भएको हो । भेटवार्तामा मन्त्री ज्ञवालीसहित परराष्ट्रका उच्च अधिकारी तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल समेत रहनु हुनेछ ।

 भेट राष्ट्रपति सी जिनपिङसँग हुने वा प्रधानमन्त्री ली खस्याङसँग हुने भन्ने जानकारी दिइएको छैन् । आज उपराष्ट्रपति, परराष्ट्रमन्त्रीस्तरीय वार्तापछि प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश चीनिया प्रधानमन्त्रीलाई दिने कार्य तालिका रहेको छ । आजै दुई देशका परराष्ट्रमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नुहुनेछ । भेटवार्तामा दुई देशका प्रमुखको उच्चस्तरीय भेटवार्ताका विषयमा कुराकानी हुनेछ । सन् २०१८ उच्चस्तरीय भ्रमण वर्ष हुने भन्दै यसबारेमा दुवैतिरबाट गृहकार्य भइरहेको जानकारी दिइएको छ । नेपालमा ओली नेतृत्वको कम्युनिस्ट सरकार बनेपछि चीन र  नेपालबीच हुन लागेको यो पहिलो औपचारिक भेट हो ।

 मन्त्री ज्ञवालीले आफ्नो भ्रमणका क्रममा नयाँ सरकारको विदेश नीति, प्राथमिकताका बारेमा जानकारी गराइने बताउनुभएको छ । चिनियाँ थिंक ट्यांकहरुको गोलमेच सम्मेलनलाई समेत मन्त्री ज्ञवालीले सम्बोधन गर्नुहुने बताइएको छ । मन्त्री ज्ञवालीले यसपटकको भ्रमणमा वन बेल्ड एण्ड वन रोडमा नेपालको प्राथमकिताका बारेमा छलफल हुनेछ भने बुढीगण्डकी परियोजनाको बारेमा समेत छलफल हुनेछ । भ्रमण सकेर मन्त्री ज्ञवाली पर्सी स्वदेश फर्किनुहुनेछ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु