Sunday, 27 May 2018 05:25 am, Nepal

एमाले माओवादी एकता : दुई अध्यक्षबीच छलफल हुँदै

मेचीकाली : 2018-04-18 10:39:34


एकतामा सहमतिको प्रयास तीब्र
काठमाडौं, ५ वैशाख :

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताबारे दुई अध्यक्षबीच छलफल हुँदैछ । हिजोको निर्णायक भनिएको वार्तामा पनि सहमति हुन नसकेपछि विवाद मिलाउने जिम्मा दुई अध्यक्षलाई दिइएको छ । आज प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफलको तयारी छ । हिजोको एकता संयोजन समितिको बैठकले विवाद टुङ्गो लगाउन दुई अध्यक्षलाई जिम्मा दिएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसर पारेर बैशाख ९ गते एकता गर्नुपर्ने कार्यदलले सुझाव दिएपनि त्यो सम्भावना कम देखिएको छ । पार्टीको सिद्धान्त, दुई पार्टीकोे सहभागिता, जनयुद्ध शब्दको ब्याख्या, चुनाव चिन्ह, महाधिवेशनपछिको नेतृत्व लगायतका  विषयमा कुरा मिलेको छैन । एमालेले वैशाख ६ गते पोलिटब्युरो र वैशाख ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आज दुई अध्यक्षबीच छलफल हुने भनिएपनि समय भने यकिन भइनसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु