Tuesday, 21 August 2018 07:52 am, Nepal

अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने तयारी

मेचीकाली : 2018-04-17 18:00:54


काठमाडौं, ४ वैशाख :

सरकारले आगामी जेठबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले आगामी जेठको पहिलो हप्ताबाट त्रिभुवन अन्तराष्ट्रि«य विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउने घोषणा गर्नुभएको हो ।  विमानस्थल २४ घण्टा नै सञ्चालन गर्ने आफ्नो लक्ष्य रहे पनि तत्कालका लागि सम्भव नदेखिएको पनि उहाँले बताउनुभयो ।

आज काठमाडौंमा पर्यटनविद्हरुको अन्तक्रिर्या कार्यक्रममा उहाँले ‘एयर स्पेस’ को उचित व्यवस्थापन गर्न अन्तराष्ट्रिय विज्ञहरुको समूह बनाउने तयारी गरिएको पनि जानकारी दिनुभयो । मन्त्री अधिकारीले मुलुकको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पुर्‍याउने महत्वकांक्षी योजना पनि अगाडी सार्नुभएको  छ ।  सरकारी तथ्यांक अनुसार हाल नेपालको कूल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान २ दशमलव ८ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु