Sunday, 27 May 2018 05:24 am, Nepal

नयाँ शैक्षिकसत्रका लागि भर्ना अभियान शुरु

मेचीकाली : 2018-04-15 10:05:27


औपचारिक शुरुवात बैशाख ५ देखि
काठमाडौं, २ वैशाख :

नयाँ शैक्षिकसत्रका लागि भर्ना अभियान शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हिजोदेखि देशव्यापी रुपमा विद्यालयभन्दा बाहिर रहेका बालबालिकालाई लक्षित गरी भर्ना अभियान सन्चालन गरिएको मन्त्रालयका सहसचिव वैकुण्ठ अर्यालले जानकारी दिनुभयो ।उहाँले भर्ना अभियानकै क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मुगुको विद्यालयमा एक, एकजना विद्यार्थीलाई भर्ना गरेको बताउनुभयो ।

 भर्ना अभियान हिजो देखि सन्चालन भएपनि अभियानकै रुपमा भने आगामी वैशाख ५ गतेदेखि शुरु हुनेछ । प्राथमिक तहको कक्षामा ५ देखि ९ वर्षसम्मका बालबालिकालाई भर्ना अभियान सन्चालन गरिएको छ । विद्यालय तहको शैक्षिक तथ्यांक २०७४ अनुसार प्राथमिक तहमा पाँचदेखि ९ वर्ष २.८ प्रतिशत र कक्षा १ देखि ८ सम्म पाँचदेखि १२ वर्ष उमेर समूहका ७.७ प्रतिशत विद्यार्थी विद्यालयभन्दा बाहिर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु