Tuesday, 21 August 2018 07:56 am, Nepal

२०७४ साल राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष राष्ट्रपति भण्डारी

मेचीकाली : 2018-04-14 08:23:10


काठमाडौँ, १ वैशाख :

राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष रहेको बताएकी छिन् । नयाँ वर्ष २०७५ को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालको संविधानद्वारा निर्दिष्ट राज्य पुनःसंरचना अन्तर्गत संघीय संसद्, प्रदेशसभा र स्थानीय तहका निर्वाचन सफल रुपमा सम्पन भएको बताईन् । राष्ट्रपति भण्डारीले विभिन्न तहका सरकार र संसदीय अभ्यासका अतिरिक्त स्थानीय तहमा न्यायिक समितिमार्फत न्याय निरुपणका प्रक्रियासमेत स्थानीयस्तरमै अघि बढेको भन्दै यसले देशलाई लोकतान्त्रिक विधिबाट समृद्विको दिशामा अघि बढ्ने ढोकालाई थप सुदृढ तुल्याएको उल्लेख गरिन् ।
उनले विभिन्न तहका जननिर्वाचित निकायमा अभुतपूर्व रुममा महिलाको प्रतिनिधित्व सुनिश्चित भएको बताउँदै राजनीतिक एवं संवैधानिक परिवर्तनबाट देशलाई सामाजिक समानता एवं आर्थिक समृद्वितर्फ अगाडि बढाउने र संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख अर्थव्यवस्थासहित राष्ट्रलाई आत्मर्निभर बनाउने अवसर प्राप्त भएको बताईन् । देशमा रहेको अथाह प्राकृतिक सम्पदालाई दिगो रुपमा प्रयोग गर्दै मुलुकलाई समृद्व बनाउने दायित्व आम नेपालीको भएको उल्लेख गरिन् ।

२०७४ साल ऐतिहासिक निर्वाचन वर्ष उपराष्ट्रपति पुन

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले २०७४ साल ऐतिहासिक निर्वाचन वर्षको रुपमा बिदाई भएको बताए । उनले नयाँ वर्ष २०७५ शुभारम्भको सुखद अवसरमा देश विदेशमा रहेका नेपालीलाई सुख शान्ति सुस्वास्थ्य एवं प्रगतिको शुभकामना व्यक्त गरे । उपराष्ट्रपति पुनले नयाँ वर्ष राजनीतिक स्थायित्व, विकास र समृद्विको यात्राले छलाङ हान्ने वर्ष हुने अपेक्षा लिएको उपराष्ट्रपतिको निजी सचिवालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु