Thursday, 26 April 2018 03:54 am, Nepal

चैते धान रोपाइँको चटारो

मेचीकाली : 2018-03-22 16:53:50


चितवन, ८ चैत :

जिल्लाको पूर्वी क्षेत्रमा चैते धान लगाउने चटारो शुरु भएको छ । उत्पादन पर्याप्त हुनेभएपछि सिञ्चित क्षेत्रमा कृषक चैते धान लगाउन लालायित भएका हुन् । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक नोदनाथ लामिछानेकाअनुसार पूर्वी चितवनको रत्ननगरदेखि पिप्लेसम्म राप्ती नजिकका क्षेत्रमा चैते धान लगाउन शुरु गरिएको छ ।

चैतको पहिलो सातावाट चैते धान रोप्न शुरु गरिन्छ । असार महिनामा चैते धान भित्र्याउने गरिन्छ । जिल्लामा गतवर्ष पाँच हजार हेक्टरमा चैते धान लगाउँदा २२ हजार पाँच सय मेट्रिक टन उत्पादन भएको थियो ।नब्बे प्रतिशत भू–भागमा हर्दिनाथ एक जातको धान लगाइने लामिछानेले बताउनुभयो । अन्य भागमा चैते २, चैते ४, विआर ४४ लगाइन्छ । वर्षातमा थन्क्याउन कठिन हुने भए पनि उत्पादन पर्याप्त हुने भएपछि कृषक चैते धानतर्फ आकर्षित भएका हुन् ।

वर्षे धान एक हेक्टरमा तीन मेट्रिक टनको हाराहारीमा उत्पादन हुन्छ । चैते धान एक हेक्टरमा चार दशमलव पाँच मेट्रिक टन जति उत्पादन हुन्छ । साना कृषि सहकारी संस्था बछौलिका सदस्य रामहरी दाहाल उत्पादन पर्याप्त हुनेभएपछि चैते धानतर्फ किसानको आर्कषण बढेको बताउनुहुन्छ । “हाल लगाइएका बीउ पुरानो भएकाले परिवर्तन गर्न सकिएमा उत्पादन थप बढाउन सकिन्छ,” उहांँले भन्नुभयो । जिल्लामा २९ हजार दुई सय हेक्टरमा वर्षे धान लगाइन्छ । गतवर्ष ९७ हजार पाँच सय मेट्रिक टन वर्षे धान उत्पादन भएको थियो । वर्षे धान लगाउने क्षेत्र बढाउन नसकिने भए पनि सिँचाइको सुविधा पु¥याउन सकेमा चैते धान रोप्ने क्षेत्र बढाउन सकिने विज्ञहरु बताउंछन् ।

वर्षातमा थन्क्याउनु पर्दा काममा कठिन र मूल्य पाउन नसक्ने समस्या रहेको किसानको गुनासो छ । मुख्यरुपमा चैते धान चिउराका लागि प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु