Wednesday, 25 April 2018 12:11 am, Nepal

चुनावी हारको समिक्षासहित भावी रणनीति बनाउँदै कांग्रेस

मेचीकाली : 2018-03-22 11:07:44


भोलीबाट केन्द्रीय समिति बैठक
काठमाडौं, ८ चैत  :

चुनावी हारको समिक्षासहित पार्टीको कार्यायोजना तय गर्न नेपाली कांग्रेसले छलफल सुरु गरेको छ । भोलिबाट निर्वाचनमा भोगेको पराजयको समिक्षा गर्न नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक बस्दैछ । कांग्रेसले पार्टीले भोगेको पराजयको समिक्षासँगै आगमी कार्यदिशाको विषयमा छलफल गर्न लागेको जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रिय कार्यसमितिको बैठकपछि पार्टी एक ढिक्का भएर अघि बढ्ने बताउनुभयो । बरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र कृष्णप्रसाद सिटौला पक्ष एक भएर पार्टी नेतृत्वको आलोचना गर्ने तयारीमा छ । संस्थापन पक्ष भने नेतृत्वको बचाउ गर्दै निर्वाचनमा भोगेको पराजको जिम्मेवारी सबैले लिनुपर्नेमा जोड दिंदै आएको छ ।

नुवाकोटमा कोषाध्यक्षहरुको राष्ट्रिय भेला पनि चलिरहेको छ । हिजोदेखि सुरु भएको भेलामा आज विभिन्न कार्यपत्रमाथि छलफल हुनेछन् । भेलाले कांग्रेसको आगामी कार्ययोजना तय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु