Wednesday, 25 April 2018 12:07 am, Nepal

चीनले यसवर्ष १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने

एजेन्सी : 2018-03-20 14:07:30


बेइजिङ, ६ चैत :

चीन सरकारले यसवर्ष करिब १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने जनाएको छ । मङ्गलबार बेइजिङमा आयोजित एक पत्रकार सम्मेलनमा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ्ले सो जानकारी दिनुभएको हो । उहाँले चीनले सन् २०१८ मा १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्नेछ र यी रोजगारीहरु चीनको सहरी क्षेत्रमा सिर्जना गरिनेछ भन्नुभयो ।

प्रधानमन्त्री खछ्याङ्ले हामीले सुरुमा १ करोड १० लाख नयाँ रोजगारी सिर्जनागर्ने लक्ष्य बनाएका थियौँ, तर अब यसमा सरकारले गम्भीर रुपमा काम गर्नेछ र जसका कारण १ करोड ३० लाख नै नयाँ रोजगारी सिर्जना हुनेछ । उहाँले गएको पाँच वर्षमा चीन सरकारले देशमा ६ करोड ६० लाख नयाँ रोजगारीहरु सिर्जना भएको पनि जानकारी गराउनुभयो ।

रोजगारी कुनै व्यक्ति वा परिवारका लागि मात्र महत्वपूर्ण नभई सरकार र देशका लागि पनि हो भन्दै प्रधानमन्त्री खछ्याङले देशमा नयाँ नयाँ रोजगारी सिर्जना गर्नका लागि सरकारले निकै मेहनेतका साथ काम गरिरहेको जानकारी दिनुभयो । यसवर्ष गाउँबाट सहरमा आउने करिब ३० लाख मानिसले रोजगारी खोज्ने पनि जानकारी उहाँले दिनुभयो । त्यसैले पनि सरकार ती क्षेत्रमा रोजगारीका लागि काम गरिरहेको छ– उहाँले भन्नुभयो ।

चीनको सहरी क्षेत्रमा ग्रामीण क्षेत्रबाट रोजगारीका लागि आउने आप्रवासी कामदारहरुकोे संख्या २८ करोड रहेको छ । उनीहरुले चिनियाँ सहरी क्षेत्रमा आवश्यक कामदारहरुको खाँचो टार्नेमात्र नभएर देशको अर्थतन्त्रमा पनि ठूलो योगदान पु¥याएको अनुमान सरकारको छ । ती सबै आप्रवासी कामदारहरुको माग सम्बोधन गर्न सरकार गम्भीर रहेको र त्यसका लागि काम गरिरहेको जानकारी उहाँले दिनुभयो ।

प्रधानमन्त्री खछ्याङ्ले यसवर्ष कलेजका करिब ८२ लाख विद्यार्थी पनि रोजगारीका लागि सहर प्रवेश गर्ने अनुमान गरिएको जानकारी दिनुभयो । सरकारले सिर्जना गरेको यस नयाँ रोजगारीले उनीहरुका लागि काम गर्ने प्रधानमन्त्रीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु