Wednesday, 25 April 2018 12:10 am, Nepal

जग्गाको विषयमा विवाद हुँदा कुटपिट गरि हत्या

मेचीकाली : 2018-03-16 13:43:04


निजगढ, २ चैत :

बाराको प्रसौनी गाँउपालिका–१ प्रसौनीमा भाई र ज्वाईको कुटपिटबाट विहीबार एक जनाको हत्या भएको छ। जग्गाको विषयलाई लिएर काका छोरा–छोरीज्वाईको कुटपिटबाट स्थानीय ५५ वर्षीय गणपत राउत पटेलको मृत्यु भएको हो । लामो समयदेखि उनीहरुवीच विवाद रहेको जग्गाको विषयमा विहीबार विहान झगडा भएको थियो।

गणपतलाई काका पट्टीका छोरा प्रमोद पटेल र प्रमोदका बहिनी ज्वाँइ विनोद पटेलले कुटपिट गरेको बारा प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते भएका गणपतको उपचारको क्रममा मृत्यु भएको हो । गम्भिर घाईते गणपत वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बाराका प्रहरी प्रवत्ता एवं प्रहरी नायव उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए।कुटपिटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले प्रमोद र विनोदलाई पक्राउ गरेको हो ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु