Thursday, 26 April 2018 04:04 am, Nepal

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद् विस्तार गर्ने

मेचीकाली : 2018-03-16 08:45:40


काठमाडौं, २ चैत :

  प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । सरकार विस्तार हुँदा नेकपा एमाले नेकपा माओवादी केन्द्र र सङ्घीय समाजवादी फोरमबाट मन्त्री थपिनेछन् ।  राजपा भने तत्काल सरकारमा नजाने भएको छ ।  मन्त्री लालबाबु पंडितले आज बेलुकासम्ममा मन्त्रीहरु थपिने जानकारी दिनुभयो । मन्त्रिपरिषद विस्तारका लागि बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्रनै दल एमाले, माओवादी केन्द्र र संघिय समाजवादीका नेतासँग छलफल गर्दैहुनुहुन्छ ।

 आज हुने मन्त्रिपरिषद् विस्तारमा प्रदीप ज्ञवाली, गोकुल बास्कोटा, प्रेम आलेमगर, रघुवीर महासेठ, रवीन्द्र अधिकारी, भानुभक्त ढकाल एमालेबाट मन्त्री हुने सम्भावना रहेको एमाले नेताहरुले बताएका छन् ।

एमाले स्थायी कमिटीले आफ्नो पार्टीका तर्फबाट मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई दिएको छ । माओवादी केन्द्रले यसअघि नै मन्त्रीो टुङ्गो लगाएको छ । माओवादीमा जनार्दन शर्मा ‘प्रभाकर’, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, बीना थापामगर, गिरिराजमणि पोखरेललाई मन्त्री बनाउने प्रस्ताव गइसकेको छ । मिाओवादीलाई भागबन्डामा सातवटा मन्त्रालय परेको छ ।  फोरम नेपाल पनि आज हुने मन्त्रिपरिषद् विस्तारमा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

तर, फोरमबाट मन्त्रीको सिफारिस भएर नआएको सचिवालयको भनाइ छ । आज प्रधानमन्त्री ओली, माओवादी अध्यक्ष प्रचण्ड र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच वार्ता हुनेछ । फोरम नेपाल अध्यक्ष यादवकै नेतृत्वमा सरकारमा जाने तयारी गरिरहेको छ । मन्त्रालयको विषयमा अझै निर्णय भइनसके पनि अध्यक्ष यादव, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र उपाध्यक्ष रेणु यादव मन्त्री बन्ने चर्चा छ । भागबन्डामा फोरमले दुईवटा मात्रै मन्त्रालय पाउने छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु