Wednesday, 25 April 2018 12:09 am, Nepal

प्रधानन्यायाशीध पराजुली 'बर्खास्त'

मेचीकाली : 2018-03-14 17:55:01


-पदमुक्त व्यक्तिबाट लिइन् राष्ट्रपतिले सपथ
काठमाडौं, २० फागुन :

प्रधानन्यायाधीश गोपाल पराजुली बर्खास्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र थमाएको हो । न्याय परिषद सचिवालयले काटेको पत्रमा पदमा नरहेको जानकारी सम्वन्धमा भन्दै उमेर हदकाकारण पराजुलीलाई पदमा नरहेको जानकारी दिएको छ ।

 परिषदका सचिव नृपध्वज निरौलाद्धारा हस्ताक्षरित पत्रमा न्याय परिषद् ऐन २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारण अवकास हुने भएमा सम्वन्धीत न्यायाधीश र निकायलाई जानकारी गराउनु पर्ने उल्लेख छ । सोही प्रावधानमा टेकेर परिषद्ले पराजुली गत साउन २१ मै ६५ वर्ष उमेर पुरा भएको जानकारी गराएको छ । परिषद्को आजैको सचिवस्तरीय निर्णय अनुसार पराजुली पदमा नरहेको पत्रमा उल्लेख छ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त पराजुलीबाटै पद तथा गोपनीयताको सपथ लिएकी छन् । पराजुली र भण्डारी तथा राष्ट्रपति कार्यालयलाई उनी पदमुक्त भएको जानकारी नभएपछि सपथ भएको शितल निवास स्रोतले जनाएको छ ।

पदमुक्त भइसकेका व्यक्तिले गराएको सपथ वैधानिक हुने कि नहुने भन्ने बहस समेत अब सुरु भएको छ । उता, न्याय परिषदका सचिवले प्रधानन्यायाधीश बर्खास्त गर्न मिल्ने कि नमिल्ने भन्नेमा समेत कानुनविदहरुबीच विवाद उत्पन्न भएको छ । विवादित छविका पराजुलीलाई राजिनामा दिन या तत्काल विदामा बस्न राष्ट्रपति, प्रधानमन्त्रीदेखि सर्वोच्च अदालतका न्यायाधीशसमेतले आग्रह गरेका थिए । तर, उनले त्यसलाई अटेर गरेका थिए । सोही कारण आज पनि सर्वोच्च अदालतका आठ न्यायाधीशले पराजुलीले तोकेको इजलासमा बस्न अस्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु