Tuesday, 24 April 2018 11:59 pm, Nepal

२६ लाखको जग्गा गाउँपालिकालाई निशुल्क प्रदान

मेचीकाली : 2018-03-14 10:07:17


ओखलढुंगा, ३० फागुन :

ओखलढुंगाको सुनकोशी गाउँपालिकाले भवन निर्माणका लागि निशुल्क जग्गा प्राप्त गरेको छ । साविक मुलखर्क गाविस वडा नं. ३ हाल सुनकोशी गाउँपालिका वडा नं. ५ बस्ने राजु तामाङ र उहाँका श्रीमति सुनिता तामाङले १३ रोपनी जग्गा गाउँपालिकालाई निशुल्क प्रदान गर्नुभएको हो ।

२६ लाख मुल्याकंन भएको १३ रोपनी जग्गा तामाङ दम्पतिले मंगलबार जिल्ला मालपोत कार्यालय ओखलढुंगाबाट गाउँपालिकाको नाममा पास गरिदिनुभएको गाउँपालिकाका प्रमुख रुद्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । आफ्नो ठाउँको विकास होस् भन्ने चाहानाले गाउँपालिका कार्यालयलाई भवन निर्माणका लागि निशुल्क जग्गा उपलब्ध गराएको तामाङ दम्पतिले बताउनुभयो । साबिकका गाविसहरु बलखु, सिस्नेरी, मुलखर्क, च्यानम र कटुन्जे गरि ५ वटा गाविस मिलाएर बनाइएको सुनकोशि गाउँपालिकाले हाल साविक मुलखर्क गाविसको कार्यालयबाट सेवा दिइरहेको छ ।

हालको कार्यालयबाट नजिकै गाउँपालिकाको भवन निर्माणका लागि निशुल्क जग्गा प्राप्त भएपछि खुशि ब्यक्त गर्दै गाउँपालिकाका प्रमुख अधिकारीले जग्गा दाता र उहाँका परिवारलाई खादा ओढाएर सम्मान ब्यक्त गर्नु भयो । तत्काल गाउँपालिकाको भवन निर्माण गरि सहज सेवा उपलब्ध गराउने प्रमुख अधिकारीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु