Wednesday, 25 April 2018 12:09 am, Nepal

यो हप्ताभित्रै मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी

मेचीकाली : 2018-03-14 10:06:48


काठमाडौं, ३० फागुन  :

प्रधानमन्त्री केपी शर्मा ओली यो हप्ताभित्रै मन्त्रिमण्डललाई पूर्णता दिने तयारीमा लाग्नु भएको छ । आज संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीसँग छलफल गरेर मन्त्रिपरिषदलाई पूर्णता दिनेगरि अगाडी बढ्नुहुने जनाइएको छ ।दुई दललाई दिने मन्त्रालय टुङ्गो लागेपछि मन्त्रिरिषद्ले पूर्णता पाउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका राजनितिक सल्लाहकार बिष्णु रिमालले सरकारले मन्त्रालय बढाउने कुनै पनि तयारी नगरेको बताउनुभएको छ । सरकारमा जाने दल बढेसंगै प्रधानमन्त्री मन्त्रालय बढाउन लाग्नुभएको भन्ने समाचारको खण्डन गर्दै उहाँले यसअघि सरकारले गरेको निर्णयमा कुनै परिवर्तन नहुने बताउनुभयो । उहाँले आगामी एक साताभित्र सरकार विस्तारको काम सम्पन्न हुने दाबी पनि गर्नुभयो । प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार रिमालले मन्त्रालय व्यवस्थापन र लगातारका चुनावका कारण मन्त्रीपरिषद् विस्तारमा ढिलाई भएको बताउनुभएको छ । प्रधानमन्त्रीले सकेसम्म भोलि नै मन्त्रीमण्डलले पूर्णता दिने तयारी गर्नु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु