dashain
Tuesday, 16 October 2018 11:06 pm, Nepal

अर्थमन्त्री खतिवडा आज दिल्ली जादै

मेचीकाली : 2018-03-14 10:05:55


काठमाडौं, ३० फागुन :

  नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा आज दिल्ली जादै हुनुहुन्छ । आजदेखि हरियाणा राज्यको गुरुग्राममा शुरु हुने प्रतिआतंकवाद सम्मेलन २०१८ (काउन्टर टेरोरिज्म कन्फरेन्स) मा भाग लिन उहाँ दिल्ली जान लाग्नु भएको हो । तीन दिने सो सम्मेलनको उद्घाटन सत्रमा मुख्य वक्ताको रुपमा अर्थमन्त्री खतिवडा सहभागी हुँदैहुनुहुन्छ ।

उद्घाटन सत्रमा गृहमन्त्री राजनाथ सिंहका साथ अर्थमन्त्री खतिवडाले मञ्चको उदघाटन गर्ने कार्यक्रम रहेको छ । यसअघि त्यो सम्मेलनमा गृहमन्त्री जाने प्रचलन रहेको थियो । वाम गठबन्धनको नेतृत्वमा बनेको नयाँ सरकारका तर्फबाट भारत  जान  लाग्नुभएका खतिवडा पहिलो मन्त्री हुनुहुन्छ । भोलि नै फर्किने गरि जान लाग्नुभएका अर्थमन्त्रीको द्विपक्षीय राजनीतिक भेटघाटको कार्यक्रम भने राखिएको छैन । तर दिल्लीमा भेटवार्ता हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु