dashain
Wednesday, 17 October 2018 12:40 am, Nepal

बाजुरा सदरमुकाममा झाडापखालाको प्रकोप

मेचीकाली : 2010-08-04 12:27:15


बाजुरा, १९ साउन

सदरमुकाम मार्तडी लगायत आसपासका गाविसमा झाडा पखालाको प्रकोप बढेको छ । जिल्ला अस्पताल मार्तडीमा उपचारका लागि आउने धेरै जसो विरामीहरु झाडापखालाबाट प्रभावित भएर आउने गरेको जिल्ला अस्पतालले जनाएको छ । सदरमुकाम क्षेत्रका मार्तडी, जुगाडा र बुढीगङ्गा गाविसबाट उपचारका लागि आउने झाडा पखालाका विरामीहरुको संख्या ह्रवात्तै बढेको अस्पतालका अहेव कृष्ण पन्तले बताए । एक साता यता दैनिक तिसदेखि चालिस जना विरामीहरु झाडा पखाला भएर उपचारका लागि आउने गरेको अहेव पन्तले बताए । जिल्ला अस्पतालामा दैनिक एक सय जना उपचारका लागि आउने गरेका उनले बताए ।

गत साता जिल्ला स्वास्थ्य कार्यालयले सदरमुकाम क्षेत्रमा दुषित पानी र खुल्ला दिशा पिसावका कारण झाडा पखालाको महामारी फैलन सक्ने भन्दै सर्वसाधारणलाई सचेत गराएको थियो । अहिले प्रभावित भएर उपचारका लागि आउने विरामीहरुमा समेत दुषित पानी प्रमुख कारण भएको जिल्ला अस्पतालका निमित्त प्रमुख दिलाराम भट्टले बताए ।  

जिल्ला अस्पतालमा झाडा पखाला नियन्त्रणका लागि आवश्यक औषधीको सञ्चित भएपनि प्रकोप बढ्दै गए उपचारमा समस्या हुन सक्ने भट्टले बताएका छन् । अहिलेको प्रकोपले महामारीको रुप लिनु अगावै सरोकारवाला निकायहरुको संयुक्त आयोजनामा सचेतना कार्यक्रम समेत सञ्चालन गर्नु जरुरी भएको उनले औंल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु