Wednesday, 25 April 2018 12:02 am, Nepal

थाइल्याडमा निर्वाचन प्रयोजनका लागि ४० दलदर्ता

एजेन्सी : 2018-03-02 13:56:13


बैंकक, १८ फागुन :

थाइल्याण्डमा आगामी निर्वाचनको प्रयोजनका लागि करिब ४० राजनीतिक दलले निर्वाचन आयोगमा आफ्नो दलको नाम दर्ता गराएका बताइएको छ । राजधानी बैंककमा ती दलले नाम दर्ता गराएका बताइएको छ । त्यहाँ अहिले पनि सैनिक शासक रहेकोले उक्त निर्वाचनमा दलले सहभागिता नजनाउने अनुमान गरिएका बेला यो समाचार आएको हो ।

सैनिक शासकहरुले शासन गरिरहेको यस देशमा प्रजातन्त्र फर्काउने यो पहिलो कदम भएको बताइएको छ ।  थाइल्याडमा सन् २०१४ बाट सैनिक शासन रहदै आएको छ । सन् २०१४ मा जननिर्वाचित सरकारलाई हटाएर सैनिकले सरकार सञ्चालन गर्दै आएको छ । यसै हप्ता जुन्ता अर्थात सैनिक सरकारका प्रमुखले सन् २०१९ को फेबु्रअरीसम्ममा यहाँको संसदको निर्वाचन गराउने प्रतिबद्धता जनाउनु भएको थियो ।

जुन्ता सरकारले जगाएको यस नयाँ उत्साहको कारण दर्जनौँ नया दलले शुक्रबार बैंककस्थित निर्वाचन आयोगमा आ–आफ्नो दलको नाम दर्ता गराएका छन् । ‘सिएम डेमोक्रयाटिक पार्टी’ र ‘थाई युनिटी पार्टी’ जस्ता ठूला राजनीतिक दलले पनि यस प्रयोजनका लागि नाम दर्ता गराएका बताइएको छ । यसैक्रममा ३८ वटा दलले निर्वाचन आयोगमा नाम दर्ता गराएका र अरु दुइवटा दलले पनि शुक्रबारै दर्ता गराउने जानकारी एक सरकारी अधिकारीले एएफपी समाचार समिसितलाई शुक्रबार दिएका छन् ।

थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको दल ‘पिउ थाई’ले सन् २००१ बाट नै हरेक राष्ट्रिय निर्वाचनमा विजय हासिल गर्दै आएको छ । तर सो दलले भने यस प्रयोजनका लागि दर्ता गराएको छैन । सैनिक सरकारले विगतदेखि राजनीतिक दल तथा तिनका भातृ संगठनहरुलाई लगाउँदै आएको प्रतिबन्ध खुल्ला गरेको छ । त्यसैले निर्वाचनको आशा जागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु