Wednesday, 26 September 2018 03:05 am, Nepal

अफगान शरणार्थी फिर्ता

एजेन्सी : 2018-02-21 17:20:57


काबुल ९ फागुन :

पाकिस्तान र इरानमा शरणार्थी जीवन यापन गरिरहेका ७६ हजार ४ सय भन्दा बढी अफगान शरणार्थीहरु आफना देशमा फिर्ता भएका छन् ।यस बर्षको सुरुदेखि हालसम्म ७६ हजार ४ सय व्यक्ति पाकिस्तान र इरानबाट फिर्ता भएका आप्रवासन सम्बन्धि राष्ट्रसंघीय निकाय (आइओएम) बुधबार जानकारी दिएको छ ।

सन् २०१८ को जनवरीदेखि हालसम्म पाकिस्तानबाट ३ हजार ३२ जना अफगान शरणार्थी फिर्किएका छन् । त्यसगरी इरानबाट ७३ हजार ३९० अफगान शरणार्थी फिर्ता भएका आइओएमले जानकारी दिएको छ ।सो निकायका सरकारी तथ्याङ्का अनुसार गएको एक हप्तामा अर्थात फेब्रुअरी ११ बाट १७ सम्म कागजपत्र नभएका २९९ जना पाकिस्तानबाट र ११ हजार २३६ जना इरानबाट अफगान शरणार्थी फकिएका थिए ।

यस अघि सोही निकायले दिएको जानकारी अनुसार पाकिस्तानबाट ९० प्रतिशत र इरानबाट चार प्रतिशत अफगान शरणार्थी आफ्नो भूमिमा फिर्किएका सो निकायले तथ्याङ्क दिईसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु