Tuesday, 19 June 2018 04:18 pm, Nepal

काभ्रेमा साविकका गाविस सचिवको यस्तो लुट : अनुमति ४ लाख, खर्च दोब्बर

मेचीकाली : 2018-02-19 08:47:43


काभ्रे, ७ फागुन :

सरकारले तोकेको वार्षिक सञ्चालन खर्च ४ लाखबाट बढाएर तत्कालिन गाउँ विकास समितिका सचिवहरूले थप रकम खर्च गरेको खुलासा भएको छ । लेखापरीक्षणमा खर्चको बिल भर्पाइ जुटाउन नसकेपछि सचिवहरूको भागाभाग भएको छ भने केही सचिवहरूले लेखापरीक्षणमा खटिई आउने मलेपका डोर टोलीलाई मिलाइसकेको बताउन थालेका छन् ।

 मलेपका लागि खटिई आउने टोली सदस्य जगदीश घिमिरेले भने कसैले मिलाउन नसक्ने बताएका छ । मलेपको नीति विपरीत लेखा परीक्षणमा नभेटिएका बिल भर्पाइलाई पुनः तयार गर्ने गरी सचिवहरूलाई सहुलियत दिइरहेको छ । घिमिरेले ३५ दिनसम्म त्यस्ता बिल भरपाइ ल्याउन सकिने बताए । तत्कालीन शिसाखानी गाविसका सचिव होमनाथ सिग्देलले आर्थिक वर्ष २०७१÷२०७२, २०७२÷२०७३ र आर्थिक वर्ष २०७३÷२०७४ को फागुन २७ सम्मको आन्तरिक लेखापरीक्षणसमेत नगराई वार्षिक ३ लाखभन्दा धेरै रकम हिनामिना गरेको तथ्य फेला परेको हो । झन्डै १० लाख रकम हिनामिना गरेको तथ्य लेखापरीक्षणको क्रममा फेला परेको हो ।

आर्थिक वर्ष २०७१÷२०७२ मा ४ लाख ३२ हजार ५ सय निकासा गरेकामा ७ लाख २५ हजार निकासा गरी २ लाख ९२ हजार ५ सय खर्च नियमित नदेखिएको प्रतिवेदनमा उल्लेख छ । यस्तै सचिव सिग्देलले आर्थिक वर्ष २०७२÷२०७३ मा ७ लाख ६० हजार रुपियाँ खर्च गरेका छन् । उक्त वर्षमा भएको खर्चको समेत बिल भर्पाइ उपलब्ध छैन। आर्थिक वर्ष २०७३÷२०७४ का फागुन २७ सम्ममा सचिव सिग्देलले ३ लाख ५ हजार रुपियाँ खर्च गरिसक्नुभएको छ । त्यसको पनि भ्याट बिल, भर्पाइ, दाखिला प्रतिवेदन, बैठकको माइन्युटलगायतका कागजात संलग्न छैनन् । सचिव सिग्देलले लगातार तीन आर्थिक वर्षसम्म लेखा परीक्षण नगराई रकम अनियमितता गरेको पुष्टि भएको छ । साविकका गाविसबाट गाउँपालिका भए पनि आन्तरिक लेखापरीक्षण र महालेखा परीक्षण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु