Tuesday, 19 June 2018 04:07 pm, Nepal

बालिका बलात्कारको आरोपमा २ जना पक्राउ

मेचीकाली : 2018-02-18 09:31:34


बाजुरा, ६ फागुन :

जिल्लाको बुढीगंगा नगरपालिका–७ झालीकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान घरबाट सामान किन्न बेतालमाण्डौं जाँर्दै गर्दा गाउँका दुईजना युवाले मोटरसाइकलमा लगिदिने भन्दै बार्जुगाडु जंगलमा लगेर बलात्कार गरेका बालिकाले बताएकी छिन् ।

सडकबाट जंगलमा लिएर बुढिगंगा नगरपालिका ७ का ३० वर्षीय चन्द्र विष्टले बलात्कार गरेको र केही पर रहेको नाथ होटको कोठामा लिएर २२ वर्षीय शुनिल विकले समेत करणी गरेको आरोप सहित पीडित पक्षले जिल्ला प्रहरी कार्यालय बाजुरामा उजुरी गरेका छन् । पीडित बालिकाका अभिभावकले न्यायको लागि सहयोग गरिदिन सबैसँग अनुरोध गरेका छन् । आरोपीतले ‘दाईको नाम पारेर फलानोको बहिनी होईनौ र ? हामी तिमीलाई चिन्छौ हिड बाईकमा पु¥याईदिन्छौँ छिटो हुन्छ भन्दै जिद्दी गरे । मैलेपनि छिटो पुगिने आश गरी बाइकमा चढेकी हुँ ।’ पीडीत बालिकाले भनेकी छिन् ।

‘म रुँदा, कराउँदा सुन्ने मान्छे कोही भएन । मेरा दुबै हात र मुख समातिएकाले उम्कीन सकिनँ, फेरि पछि उनीहरुले कसैलाई केही भनिस् भने चक्कुले हानी मारिदिन्छौँ भने ।’ बालिकाले रुदै भनिन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक हरीबहादुर ओलीले आरोपीत लाई शुक्रबार नै पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको  बताउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु