Wednesday, 26 September 2018 09:32 am, Nepal

महोत्सवमा रु ८५ लाख संकलन

मेचीकाली : 2018-02-16 12:13:00


पाल्पा, ४ फागुन :

जिल्लाको बगनासकाली गाउँपालिका–८, बराङ्दीमा सञ्चालित महायज्ञ एवम् धार्मिक अनुष्ठान महोत्सवमा रु ८५ लाख संकलन गर्न सफल भएको छ । महोत्सवले धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यका साथ महामृत्युञ्जय शिवासनधामको प्रचारप्रसारमा ठूलो सहयोग पुगेको छ । महामृत्युञ्जय शिवासनधाम महायज्ञ मूल समितिको आयोजनामा माघ २१ देखि फागुन २ गतेसम्म सञ्चालित श्री शिवपुराण तात्विक ज्ञान महायज्ञमा पाँच लाखभन्दा बढी भक्तजनले अवलोकन गरेको सञ्चार संयोजक यज्ञमूर्ति तिमल्सेनाले जानकारी दिनुभयो ।

ध्यान आसनमा रहेको शिवको मूर्ति एशियाकै सबैभन्दा ठूलो मूर्ति रहेको स्थानीय बासिन्दाको दाबी छ । ७० प्रतिशत तामा र ३० प्रतिशत पित्तलको मिश्रणबाट शिवको मूर्ति निर्माण गरिएको हो । शिवमूर्तिको स्थापना गरेपछि यस क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ ।

पाल्पा जिल्लाको सदरमुकाम तानसेनदेखि रानीमहल जाने सडक यहीँबाट जाने र आन्तरिक पर्यटकको अहिले पनि चहलपहल रहिरहने स्थानीय बासिन्दाको भनाइ छ । महोत्सव सञ्चालनपछि यस क्षेत्रमा आन्तरिक पर्यटकको ओइरो लागेको स्थानीय बासिन्दा दयाराम न्यौपानेले जानकारी दिनुभयो

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु