Friday, 22 June 2018 01:01 pm, Nepal

डिस्कोमा झगडा गरेको आरोपमा सई पक्राउ

मेचीकाली : 2018-02-14 16:18:30


काठमाडौँ, २ फागुन :

मादक पदार्थ सेवन गरी डान्स क्लबमा झगडा गरेको आरोपमा महानगरीय प्रहरी वृत्त, जनसेवामा कार्यरत नायब प्रहरी निरीक्षक (सई) राजुकमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान १ बजेतिर मादक पदार्थ सेवन गरी सादा पोशाकमा दरबारमागस्थित ‘आई क्लब’ मा पसेका श्रेष्ठले क्लब सञ्चालक र त्यहाँ रहेका अन्य व्यक्तिसँग झगडा गर्नुका साथै होहल्ला गरेका थिए ।

सो क्रममा उनले हतियारसमेत प्रदर्शन गरेको आरोप लागेको छ ।

श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गको प्रहरी टोलीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको काठमाडौंँ महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु